File Photo
नेपालगन्ज ६ जेठ : नेपाल पत्रकार महासंघ बाँके शाखाले सदस्यता आवेदन खुला गरेको छ ।
महासंघ बाँकेको शुक्रबार बसेको कार्यसमिति बैठकले केन्द्रको परिपत्र अनुसार नयाँ सदस्यता आवेदन खुला गर्ने निर्णय गरेसँगै सदस्यता आवेदन खुला गरेको हो ।
महासंघ बाँकेले नयाँ सदस्यता लिन ईच्छुक पत्रकारलाई ७ दिनभित्र आवेदन दिन आग्रह गर्दै सूचना सार्वजनिक समेत गरेको छ ।
पत्रकार महासंघको विधान अनुसार नयाँ सदस्यताका लागि १८ वर्ष उमेर पुगेका जिल्लामा क्रियाशिल पत्रकारहरुले आवेदन दिन सक्नेछन् । नयाँ सदस्यता आवेदन यही जेठ १२ गतेभित्र पेश गर्नुपर्ने महासंघ बाँकेले जनाएको छ । नयाँ सदस्यता आवेदन पेश गर्ने पत्रकारले महासंघको वेबसाईट www.fnjnepal.org.np बाट आवेदन फारम डाउनलोड गरी भर्नुपर्नेछ ।
सो आवेदन फारमसँगै नेपाली नागरिकताको प्रतिलिपि, कार्यरत सञ्चारमाध्यमको नियुक्ती पत्रको प्रतिलिपि, कार्यरत संस्थाको सिफारीस पत्र, हालसालै खिचेको पासपोर्ट साइजको दुई प्रति फोटो, विगत दुई वर्षदेखि पत्रकारितामा क्रियाशील रहेको विवरण खुल्ने प्रमाण सहितको सामाग्रीसहित आवेदन शुल्क एक हजार पेश गर्नुपर्ने महासंघ बाँकेका अध्यक्ष दामोदर भण्डारीले जानकारी दिए ।
गठबन्धनभित्रै विवादका बीच लुम्बिनीका तीन मन्त्रीको सपथ
बालेन शासनका १५० दिन: खस्किदैं गएको त्यो चमक
जेनजी हुँ भन्दै महिला प्रहरीमाथि हातपात गर्ने युवक पक्राउ
डाेल्पाका बस्ती नजिकै देखिनथाले हिउँ चितुवाहरू (भिडिओसहित)
कालै चस्मा लाएर सांसदहरूलाई जवाफ दिनेछन् बालेनले
नेपालगन्जका ‘स्पा’हरूमा बालिका, सातजनाको उद्धार, तीन सञ्चालक पक्राउ