मानव बेचविखन तथा लैङ्गिक हिंसामा परेका किशोरी तथा महिलाहरुलाई सचेतना अभिवृद्धि तालिम


मानव बेचविखन तथा लैङ्गिक हिंसामा परेका किशोरी तथा महिलाहरुलाई सचेतना अभिवृद्धि तालिम

नेपालगन्ज ७ जेठ : मानव बेचविखन तथा लैङ्गिक हिंसामा परेका किशोरी तथा महिलाहरुलाई सचेतना अभिवृद्धि तालिम प्रदान गरिएकोछ । साथी संस्थाको पुर्नस्थापना गृहमा बसिरहेका र पहिले बसेका किशोरी तथा महिलाहरुलाई सचेतना अभिबृद्धि तालिम प्रदान गरिएको हो ।

महिला तथा बालबालिका जेष्ठ नागरिक प्रदेश सरकारको सहयोग तथा साथी संस्थाको आयोजनामा आयोजित उक्त सचेतना अभिवृद्धि तालिममा बाँके, बर्दिया, सुर्खेत, दैलेख र प्यूठान जिल्लाका ३० जना किशोरी तथा महिलाहरुको सहभागिता रहेको छ ।

नेपालगन्ज विपि चोक स्थित सुनाखरी रेष्टूँरेण्टमा आयोजित उक्त दुई दिने तालिममा मानव बेचविखन तथा लैङ्गिक हिंसामा परेका, उद्धार गरिएका किशोरी तथा महिलाहरुलाई मनोसामाजिक स्वास्थ्य, मनोपरामर्श सेवा र यसका आवश्यकता, आत्म विश्लेषण र आत्म जागरण, तनाव व्यवस्थापन तथा समुदायमा आधारित संरक्षण प्रणाली, लैङ्गिक विभेद र प्रभाव तथा महिला अधिकार र विकासमा महिलाका विषयमा प्रशिक्षण प्रदान गरिने साथीकी लक्ष्मी घलेले जानकारी दिइन् ।

उनका अनुसार सचेतना अभिवृद्धि तालिमको नेपालगन्ज उपमहानगरपालिकाका उपमेयर कमरुद्दिन राईले उद्घाटन गरेका थिए ।

Kids Festival 2022
kanti aarogya hospital

साथी संस्थाकी केन्द्रिय कार्यकारी सदस्य सरस्वती शर्माले तालिमको उद्देश्य, औचित्य र संस्थाका बारेमा जानकारी दिदैँ अझैं पनि थुप्रै किशोरी तथा महिलाहरु बेचविखन तथा ओसारपसारको जोखिममा रहेकाले उनीहरुलाई सचेत र सक्षम बनाउन आवश्यक रहेको बताईन ।

उक्त तालिममा प्रशिक्षक काउन्सलर सुमन धिमाल, साथीकी केन्द्रिय कार्यकारी सदस्य सरस्वती शर्मा, महिला तथा बालबालिका जेष्ठ नागरिक शाखा, नेपालगन्जकी मञ्जु पाण्डे, आशा शाही, पवित्रा पुरीले प्रशिक्षण दिइरहेकाछन् ।