डुडुवाको पशुपति माविमा ९ कोठे भवनको शिलान्यास


डुडुवाको पशुपति माविमा ९ कोठे भवनको शिलान्यास

डुडुवा (बाँके) ११ जेठ : बाँके डुडुवा गाउँपालिका–२ स्थित श्री पशुपति माध्यमिक विद्यालय नौरीगौढीमा नयाँ भवन निमार्ण शुरु भएको छ । तीन तल्ले ९ कोठे भवनको निमार्ण कार्य शुरु भएको हो ।

एक समारोहकाविच डुडुवा गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले शिलान्यास गर्दै शिक्षाको गुणस्तरीयताका लागि विद्यालयको पुर्वाधारको आवश्यकता रहेको भन्दै उनले पालिकाभित्र रहेका विद्यालयहरुको अवस्था सुधारका लागि विशेष जोड दिए ।

अध्यक्ष चौधरीले उच्च शिक्षा हाँसिल गर्नका लागि पालिका भित्र क्याम्पस स्थापनाका लागि तयारी भईरहेको भन्दै क्याम्पस सञ्चालनका लागि विद्यालयको अवस्था र अन्य पूर्वाधारको व्यवस्थापन गरिरहेको बताए ।

गाउँपालिकाको आर्थिक सहयोगमा एक वर्षभित्र निमार्ण सम्पन्न गर्ने गरि उक्त भवन रु एक करोड २९ लाख ३२ हजार ४ सय ८२ को लागतमा जारा इन्जिनियरिङ्ग कन्स्ट्रक्सन कोहलपुरले निमार्णको ठेक्का पाएको छ ।

Kids Festival 2022
kanti aarogya hospital
add

विद्यालयमा कक्षा ११ र १२ का विद्यार्थीहरुलाई अध्ययन गर्न कक्षा कोठाको समस्या भएपछि भवन निमार्ण थालिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विजयकुमार यादवले बताए ।

उनकाअनुसार विद्यालयमा रहेका पुराना भवनहरु समेत जिर्ण अवस्थामा रहेकाले कक्षा कोठाको अभाव भएपछि नयाँ भवन निमार्ण गर्न लागिएको हो ।

सोही विद्यालयमा थप ३ कोठे भवन अहिले निमार्णाधिन रहेको छ । एक महिनाभित्र भवन निमार्ण सम्पन्न हुने गाउँपालिकाका इन्जिनियर सुरेन्द्र बर्माले बताए ।