डुडुवा (बाँके) ११ जेठ : बाँके डुडुवा गाउँपालिका–२ स्थित श्री पशुपति माध्यमिक विद्यालय नौरीगौढीमा नयाँ भवन निमार्ण शुरु भएको छ । तीन तल्ले ९ कोठे भवनको निमार्ण कार्य शुरु भएको हो ।
एक समारोहकाविच डुडुवा गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले शिलान्यास गर्दै शिक्षाको गुणस्तरीयताका लागि विद्यालयको पुर्वाधारको आवश्यकता रहेको भन्दै उनले पालिकाभित्र रहेका विद्यालयहरुको अवस्था सुधारका लागि विशेष जोड दिए ।
अध्यक्ष चौधरीले उच्च शिक्षा हाँसिल गर्नका लागि पालिका भित्र क्याम्पस स्थापनाका लागि तयारी भईरहेको भन्दै क्याम्पस सञ्चालनका लागि विद्यालयको अवस्था र अन्य पूर्वाधारको व्यवस्थापन गरिरहेको बताए ।
गाउँपालिकाको आर्थिक सहयोगमा एक वर्षभित्र निमार्ण सम्पन्न गर्ने गरि उक्त भवन रु एक करोड २९ लाख ३२ हजार ४ सय ८२ को लागतमा जारा इन्जिनियरिङ्ग कन्स्ट्रक्सन कोहलपुरले निमार्णको ठेक्का पाएको छ ।
विद्यालयमा कक्षा ११ र १२ का विद्यार्थीहरुलाई अध्ययन गर्न कक्षा कोठाको समस्या भएपछि भवन निमार्ण थालिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विजयकुमार यादवले बताए ।
उनकाअनुसार विद्यालयमा रहेका पुराना भवनहरु समेत जिर्ण अवस्थामा रहेकाले कक्षा कोठाको अभाव भएपछि नयाँ भवन निमार्ण गर्न लागिएको हो ।
सोही विद्यालयमा थप ३ कोठे भवन अहिले निमार्णाधिन रहेको छ । एक महिनाभित्र भवन निमार्ण सम्पन्न हुने गाउँपालिकाका इन्जिनियर सुरेन्द्र बर्माले बताए ।
गठबन्धनभित्रै विवादका बीच लुम्बिनीका तीन मन्त्रीको सपथ
बालेन शासनका १५० दिन: खस्किदैं गएको त्यो चमक
जेनजी हुँ भन्दै महिला प्रहरीमाथि हातपात गर्ने युवक पक्राउ
डाेल्पाका बस्ती नजिकै देखिनथाले हिउँ चितुवाहरू (भिडिओसहित)
कालै चस्मा लाएर सांसदहरूलाई जवाफ दिनेछन् बालेनले
नेपालगन्जका ‘स्पा’हरूमा बालिका, सातजनाको उद्धार, तीन सञ्चालक पक्राउ