नेपालगन्ज ११ जेठ : टाटाको नेक्सन इभी म्याक्सको नेपालगन्जमा विक्रि वितरण सुरु भएकोछ । यातायात क्षेत्रको द्रुत विद्युतीकरण गर्ने आफ्नो प्रतिवद्धता अनुरुप टाटा मोटर्सले बिहीबारबाट नेक्सन इभी म्याक्सको नेपालगन्जमा विक्री वितरण शुभारम्भ गरेको हो ।
टाटा मोटर्सको नेपालका लागि एकमात्र आधिकारीक बितरक सिप्रदी ट्रेडिङ्ग प्रालिले टाटाको नेक्सन इभी म्याक्स नेपालगन्जको राँझा स्थित रुद्रप्रिया इन्टरनेशनलमा एक कार्यक्रम गरी सार्वजनिक गरेको छ । सिप्रदी ट्रेडिङ्ग प्रालिका तर्फबाट डिलर सेल्स म्यानेजर मेघराज ढुंगेल, इभी सेल्स सिनियर म्यानेजर निर्मल खत्री तथा डिलर पार्टनर माधव शर्माद्वारा संयुक्त रुपमा गरिएको थियो ।
उक्त कार्यक्रममा सिप्रदीका डिलर सेल्स म्यानेजर ढुंगेलले नेक्सन इभीको नयाँ संस्करण नेक्सन इभी म्याक्स सार्वजनिक गर्न पाउँदा अत्यन्तै खुसी तथा उत्साहित भएको बताए ।
‘नयाँ बिशेषताहरु र थप सुविधायुक्त यस गाडीले हाम्रा ग्राहकहरुको विश्वास जित्न सफल हुने कुरामा विश्वस्त रहेका छौं । आगामी दिनमा पनि यहाँहरुको साथ र सहयोग यसैगरी निरन्तर रहिरहने छ भन्दै भविष्यमा पनि नयाँ तथा आधुनिक विशेषतासहित सेवा दिन सदैव प्रतिबद्ध रहेका छौं’ उनले बताए ।
कम्पनीको सर्वोत्कृष्ट ढंगले विक्री भइरहेको नेक्सन इभी रु.४६ लाख ४९ हजारको आकर्षक मूल्यमा उपलब्ध रहेको छ । उक्त गाडीमा ७.२ किलोवाटको बैकल्पिक चार्जरको पनि व्यवस्था गरिएको छ । उत्कृष्ट एवं दिगो ‘मोबिलिटी’मा विश्वास राख्ने ग्राहकहरुलाई लक्षित नेक्सन इभी म्याक्सले देशको समग्र विद्युतीय सवारी साधनको बजारलाई नयाँ उचाई पुर्याउने अपेक्षा गरिएको छ ।
उच्च भोल्टेजको उच्चतम जिपट्रन प्रविधियुक्त यो विद्युतीय गाडी इन्टेन–टिल, डेटना र प्रिसटिन गरी तिनवटा आकर्षक रङ्गहरुमा उपलब्ध छ । त्यसैगरी, स्ट्याण्डर्ड रङ्गको रुपमा डुएल टन बडी पनि उपलब्ध छ ।
४०.५ किलोवाट–प्रति घण्टा क्षमता भएको लिथिएम ब्याट्री प्याक जडित नेक्सन इभी म्याक्सको ब्याट्रीको क्षमता अन्य ब्याट्रीहरु भन्दा ३३ प्रतिशतले बढी छ । यसकारणले यो गाडीले विना कुनै झञ्झट एआरएआईद्वारा प्रमाणित ४५३ किलोमिटर लामो रेञ्जको प्रत्याभूति गर्दछ । यसले ११० किलोवाट बराबरको शक्तिको अतिरिक्त पेडल थिच्ने बितिक्कै २५० एनएम बराबरको टर्क पैदा गर्छ ।
यस गाडीमा प्रयोग हुने ७.२ किलोवाटको एसी फास्ट चार्जर घर वा कार्यालयमा जडान गर्न सकिन्छ । जसले ६.५ घण्टाको छोटो अवधिमा नै चार्जिङ्ग कार्य सम्पन्न गर्दछ । नेक्सन इभी म्याक्सको ब्याट्री कुनै पनि ५० किलोवाटको डिसी फास्ट चार्जरको माध्यमबाट केवल ५६ मिनेटमा ० देखि ८० प्रतिशतसम्म चार्ज हुन्छ जुन आफैमा अभूतपूर्व छ ।
अनुभव गर्नुहोस सर्वोत्कृष्टताको
नेक्सन इभी म्याक्सको भित्री एवं बाहिरी बनावट बीच एक साँच्चै सुन्दर सामान्जस्यता छ । सेन्ट्रल कन्सोलमा व्यापक परिमार्जन गरी यसमा एक्टिभ मोड डिस्प्ले, मकराना बिज इन्टेरिएर र अगाडि बस्ने यात्रुको लागि भेन्टिलेसनसहितको लेदरेट सिट, एअर प्युरिफाएर, वायरलेस स्मार्ट फोन चार्जिङ्ग जस्ता सुविधाहरु भएको ज्वेवेल्ड सेन्ट्रल नबको व्यवस्था छ । नेक्सन इभी म्याक्स इको, सिटि र स्पोर्ट गरी जम्मा तिनवटा मोडहरुमा उपलब्ध छ ।
यस गाडीमा मल्टी–मोड रिगेनको विशेषता छ, जसले चालकलाई फ्लोर कन्सोल रहेको स्विच मार्फत रिजेनेरेटिभ ब्रेकिङ्गको लेभललाई सहज तरिकाले मिलाउन सहयोग गर्दछ । ड्राइभिङ्ग अवस्था अनुरुप रिगेनको चार विभिन्न लेबलहरु मध्ये एक प्रयोग गर्न सकिन्छ । लेभल ० मा शुन्य रिक्युपरेटिभ ब्रेकिङ्ग देखि लेभल ३ सम्म जसमा एउटै पेडल प्रयोग गरी गाडी हाँक्न सकिन्छ ।
नेक्सन इभी म्याक्समा एक अर्को अभुतपूर्व विशेषता छ, जसमा यसको ब्रेक ल्याम्प रिगेन निश्चित लेभलमा पुगेपछि बल्दछ । यसले सडकका अन्य चालकहरुलाई सचेत गराउन मद्दत गर्दछ । यस विद्युतीय एसयुभीमा सुरक्षाको निम्ति आइ–भीबिएसी सहितको इएसपी, हिल होल्ड, इलेक्ट्रोनिक पार्किङ्ग ब्रेक र चारवटा डिस्क ब्रेक लगायतका गुणहरु छन् । ८ वर्ष वा १६०,००० किलोमिटरको वारेन्टी भएको ब्याट्री र मोटर टिकावट र विश्वसनीयताको लागि आइपीसिक्ससेभेनद्वारा प्रमाणित पनि छ ।
गठबन्धनभित्रै विवादका बीच लुम्बिनीका तीन मन्त्रीको सपथ
बालेन शासनका १५० दिन: खस्किदैं गएको त्यो चमक
जेनजी हुँ भन्दै महिला प्रहरीमाथि हातपात गर्ने युवक पक्राउ
डाेल्पाका बस्ती नजिकै देखिनथाले हिउँ चितुवाहरू (भिडिओसहित)
कालै चस्मा लाएर सांसदहरूलाई जवाफ दिनेछन् बालेनले
नेपालगन्जका ‘स्पा’हरूमा बालिका, सातजनाको उद्धार, तीन सञ्चालक पक्राउ