विद्यार्थीलाई बचत गर्ने बानि विकास गर्दै ‘सिको’


विद्यार्थीलाई बचत गर्ने बानि विकास गर्दै ‘सिको’

गुलरिया(बर्दिया) १२ जेठ : विद्यालयमा अध्ययनरत बालबालिकालाई बचत गर्ने वानिको विकासका लागी बर्दियाको ठाकुरबाबा नगरपालिकामा कार्याशाला गोष्ठिको आयोजना गरिएको छ ।

बर्दियाको ठाकुरबाबा नगरपालिको भुरिगाँउमा रहेको सिको वचत तथा ऋण सहकारी सस्था केन्द्रिय कार्यालय भुरिगाउँको आयोजनामा बिद्यार्थीसँग सिको कार्यक्रम अन्तर्गत न्यू ब्राइट फ्युचर एकेडेमी र श्री राम जानकी उमाविमा अध्ययनरत १० कक्षाका ४० जना विद्यार्थीलाई वचत किन ? के का लागी ? लगायतका विषयमा जानकारी गराउँदै विद्यार्थीलाई बचतप्रति प्रेरित हुन सीको साकोस बर्दियाका अध्यक्ष तथा नेफस्कुनका केन्द्रिय महासचिव दामोदर अधिकारीले सहजीकरण गरेका थिए ।

Kids Festival 2022
kanti aarogya hospital

सीको वचत तथा ऋण सहकारी सस्था लिमिटेडको आयोजनामा सहकारीको माध्यमबाट विद्यार्थीका लागी वित्तिय साक्षरता सम्वन्धि कार्याशाल गरिएको हो । सस्थाका अध्यक्ष तालिमका सहजकर्ता दामोदरले सहकारी क्षेत्रलाई मजबुद गराउनका लागी वचत गर्ने बानीको विकास अपिरहार्य रहेको भन्दै विद्यार्थीहरुलाई विभिन्न उदाहरण सहित उत्प्रेरणा जगाएका थिए ।

कार्यक्रममा संस्थाका वरिष्ठ उपाध्यक्ष न्यू ब्राइट फ्युचर एकेडेमीका फाउण्डर उदयबहादुर खत्री, संस्थाका महासचिव प्रकाश आचार्य र संस्थाका सिइयो भुपेन्द्र शेरालाको उपस्थिति रहेको थियो ।