गुलरिया(बर्दिया) १२ जेठ : विद्यालयमा अध्ययनरत बालबालिकालाई बचत गर्ने वानिको विकासका लागी बर्दियाको ठाकुरबाबा नगरपालिकामा कार्याशाला गोष्ठिको आयोजना गरिएको छ ।
बर्दियाको ठाकुरबाबा नगरपालिको भुरिगाँउमा रहेको सिको वचत तथा ऋण सहकारी सस्था केन्द्रिय कार्यालय भुरिगाउँको आयोजनामा बिद्यार्थीसँग सिको कार्यक्रम अन्तर्गत न्यू ब्राइट फ्युचर एकेडेमी र श्री राम जानकी उमाविमा अध्ययनरत १० कक्षाका ४० जना विद्यार्थीलाई वचत किन ? के का लागी ? लगायतका विषयमा जानकारी गराउँदै विद्यार्थीलाई बचतप्रति प्रेरित हुन सीको साकोस बर्दियाका अध्यक्ष तथा नेफस्कुनका केन्द्रिय महासचिव दामोदर अधिकारीले सहजीकरण गरेका थिए ।
सीको वचत तथा ऋण सहकारी सस्था लिमिटेडको आयोजनामा सहकारीको माध्यमबाट विद्यार्थीका लागी वित्तिय साक्षरता सम्वन्धि कार्याशाल गरिएको हो । सस्थाका अध्यक्ष तालिमका सहजकर्ता दामोदरले सहकारी क्षेत्रलाई मजबुद गराउनका लागी वचत गर्ने बानीको विकास अपिरहार्य रहेको भन्दै विद्यार्थीहरुलाई विभिन्न उदाहरण सहित उत्प्रेरणा जगाएका थिए ।
कार्यक्रममा संस्थाका वरिष्ठ उपाध्यक्ष न्यू ब्राइट फ्युचर एकेडेमीका फाउण्डर उदयबहादुर खत्री, संस्थाका महासचिव प्रकाश आचार्य र संस्थाका सिइयो भुपेन्द्र शेरालाको उपस्थिति रहेको थियो ।
गठबन्धनभित्रै विवादका बीच लुम्बिनीका तीन मन्त्रीको सपथ
बालेन शासनका १५० दिन: खस्किदैं गएको त्यो चमक
जेनजी हुँ भन्दै महिला प्रहरीमाथि हातपात गर्ने युवक पक्राउ
डाेल्पाका बस्ती नजिकै देखिनथाले हिउँ चितुवाहरू (भिडिओसहित)
कालै चस्मा लाएर सांसदहरूलाई जवाफ दिनेछन् बालेनले
नेपालगन्जका ‘स्पा’हरूमा बालिका, सातजनाको उद्धार, तीन सञ्चालक पक्राउ