नेपालगन्ज १२ जेठ : किसान जन स्वयंसेवक राष्ट्रिय समितिले शुक्रबार किसानका माग सम्बोधनका लागि जिल्ला प्रशासन कार्यालय बाँकेमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ ।
समितिका राष्ट्रिय संयोजक नारायण प्रसाद धिमाल, जिल्ला संयोजक शालिकराम पाठक नेतृत्वको किसानको टिमले निमीत्त प्रमुख जिल्ला अधिकारी टोपेन्द्र केसीलाई भेटेर ३६ बुँदे मागसहितको ज्ञापन बुझाएको हो ।
किसानहरुलाई संगठित गर्दै सबै जिल्लाबाट मागसहितको ज्ञापनपत्र प्रधानमन्त्रीलाई बुझाएर ३० दिनभित्र सम्बोधनको वातावरण सिर्जना गर्न दवाव सिर्जना गरिदैँछ ।
ज्ञापनपत्रमा किसानलाई राष्ट्रिय श्रमिक घोषणा गरिनु पर्ने, किसानकार्डको व्यवस्था गरिनुपर्ने, पेन्सनको व्यवस्था गरिनुपर्ने, कृषि सिंचाईको लागि निशुल्क बिजुलीको व्यवस्था गरिनुपर्ने, कृषि उपकरणको भन्सार शुल्क छुट गरिनुपर्ने, बाली नालीको विमाको व्यवस्था गरिनुपर्ने, न्यून व्याजदरमा ऋण उपलव्ध गराइनु पर्ने, मलखादमा सहुलियत दिइनु पर्ने लगायतका ३६ माग समावेश गरिएका छन् ।
जिल्ला जिल्लाबाट ज्ञापनपत्र बुझाईसकेपछि प्रधानमन्त्री समक्ष छलफल गरेर माग सम्बोधन गर्न लगाइने संयोजक धिमालले बताए ।
गठबन्धनभित्रै विवादका बीच लुम्बिनीका तीन मन्त्रीको सपथ
बालेन शासनका १५० दिन: खस्किदैं गएको त्यो चमक
जेनजी हुँ भन्दै महिला प्रहरीमाथि हातपात गर्ने युवक पक्राउ
डाेल्पाका बस्ती नजिकै देखिनथाले हिउँ चितुवाहरू (भिडिओसहित)
कालै चस्मा लाएर सांसदहरूलाई जवाफ दिनेछन् बालेनले
नेपालगन्जका ‘स्पा’हरूमा बालिका, सातजनाको उद्धार, तीन सञ्चालक पक्राउ