जग्गा एक ईन्च पनि दायाँ–बायाँ भए चुप लागेर नबस्ने आस्थागत संगठन
नेपालगन्ज १३ जेठ : नेपाल पत्रकार महासंघ बाँकेको जमिन अतिक्रमणको चपेटामा परेको छ । स्थानीय बासिन्दाबाट अतिक्रमण हुने खतरा बढेपछि महासंघ बाँकेले आफ्नो जमिन बचाउन अनेक प्रयास गरेको छ ।
नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर–४ बसपार्क रोडमा रहेको महासंघको उक्त जमिनमा एक दशकअघि दुई तल्ले भवन निर्माण गरिएको थियो । उक्त भवनसँगै पश्चिमतर्फ रहेको महासंघको जमिनमा स्थानीय ‘भू–माफिया’ले आँखा लगाएर अतिक्रमण गर्ने प्रयास गरेका हुन् ।
महासंघको भवन र जमिनदेखी दक्षिणतर्फको बस्तीका स्थानीयले आफ्नो आवत–जावत गर्ने बैकल्पिक बाटो हुँदा–हुदैपनि महासंघको जमिनबाट सिधैं उत्तरतर्फ बाटो निकाल्ने निहुँमा कब्जा गर्न खोजेका छन् । जमिन कब्जा गर्न स्थानीय माओवादी नेताहरुको संलग्नता देखिएको छ । टोल विकास समितिका अध्यक्ष समेत रहेका माओवादी नेता कर्णबहादुर मल्लको अगुवाईमा महासंघको जमिन कब्जा गर्ने प्रयास गरिएको छ ।
मल्लसहित स्थानीय अन्य माओवादी नेताहरुले पनि कब्जा गर्ने नियतका साथ भू–माफियालाई साथ दिइरहेको महासंघका पदाधिकारी बताउँछन् । स्थानीयले महासंघको जमिन कब्जा गरेर बाटो निकाल्ने कार्यलाई नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर–४ का वडाअध्यक्ष गोपाल पुनले समेत खुलेरै साथ दिएका छन् । उनले दुई दिनअघि महासंघको कार्यालयमा सार्वजनिक रुपमा ‘विकासको लागि निकास’ आवश्यक रहेको भन्दै स्थानीयको पक्षमा बोलेका थिए ।
जनप्रतिनिधि भएर समन्वयकारी भूमिका निभाउनुपर्नेमा वडाअध्यक्षको अभिब्यक्तीले आशंका पैदा गरेको पत्रकारहरु बताउँछन् । वडाअध्यक्ष पुन नै भूमाफियाको प्रभावमा त परेनन् ? भन्नेमा आमपत्रकारको मनमा आशंका उब्जिएको छ । तर, पुनले आफ्नो मनसाय त्यस्तो नभएको जिकिर गरिरहेका छन् ।
महासंघले नेपालगन्ज उपमहानगरपालिकाको सहयोगमा आफ्नो अधिकार क्षेत्रभित्र पर्ने जमिनमा पर्खाल लगाउन लागेको छ । उक्त पर्खाल निर्माणको कामलाई प्रभावित गर्ने गरी वडा नम्बर–४ को कार्यालयले असहयोग गरेको महासंघ बाँकेका अध्यक्ष दामोदर भण्डारीले बताए ।
‘नेपालगन्ज उपमहानगरपालिकाको सहयोगमा हामीले आफ्नो जमिन संरक्षणका लागि पर्खाल लगाउँदैछौं, तर बैकल्पिक बाटो हुँदा हुदैपनि हामीलाई बाटो चाहियो भन्दै केही स्थानीयले अबरोध गर्न खोजिरहेका छन्,’ भण्डारीले भने ‘यदी कतैबाट पनि उनीहरुका लागि बाटो नभएको भए छलफलको विषय हुुन्थ्यो, तर बैकल्पिक बाटो हुँदा हुदैपनि महासंघको जग्गा चिरेर बाटो बनाउँछौं भन्नु उचित भएन, एक ईन्च पनि आफ्नो जमिन नछाड्ने आमपत्रकारको भावना छ, उहाँहरुको भावना विपरित म जान सक्दैन ।’
महासंघ बाँकेका पुर्वअध्यक्ष झलक गैरे, शुक्रऋषि चौलागाई र रुद्र सुवेदीले पनि बैकल्कि बाटो हुँदा हुदँै बाटो निकाल्ने नाममा महासंघको जमिन दिन नमिल्ने बताएका छन् । पत्रकार महासंघको जमिन अतिक्रमणबाट रोक्न पत्रकारका आस्थागत संगठन एकमत छन् ।
जमिन अतिक्रमण हुन नदिन नेपाल प्रेस युनियनका अध्यक्ष अर्जुन ओली, प्रेस चौतारीका अध्यक्ष दुर्गा रोकाय, प्रेस सेन्टर बाँकेका कार्यबाहक अध्यक्ष संगिन शर्मा, प्रगतिशिल पत्रकार संघका संयोजक तिलक गाउँले, समाजवादी पत्रकार संघका लोकनाथ शर्मा लगायत विभिन्न संघ, संगठनका प्रतिनिधि तथा ठुलो संख्यामा पत्रकारहरु दैनिका रुपमा महासंघ कार्यालयमा पुग्ने गरेका छन् । कुनै न कुनै निहुँमा महासंघको जमिन अतिक्रमण गर्ने प्रयास भएमा सह्य नहुने उनीहरुको चेतावनी छ ।
युनियन बाँकेका अध्यक्ष ओलीले महासंघको जमिनमा एक ईन्च पनि दायाँ–बायाँ गर्न नदिइने बताए । ‘हामीलाई आफ्नो घरको जति माया हुन्छ, त्यतिकै माया हाम्रो संगठन महासंघको माया छ, कोही माफियाले हाम्रो जमिनमाथी आँखा लगायो भने हामीहरु चुप लागेर बस्ने छैनौं, उनीहरुको एक–एक कर्तुतको अनुसन्धान गर्नेछौं,’ उनले भने ।
गठबन्धनभित्रै विवादका बीच लुम्बिनीका तीन मन्त्रीको सपथ
बालेन शासनका १५० दिन: खस्किदैं गएको त्यो चमक
जेनजी हुँ भन्दै महिला प्रहरीमाथि हातपात गर्ने युवक पक्राउ
डाेल्पाका बस्ती नजिकै देखिनथाले हिउँ चितुवाहरू (भिडिओसहित)
कालै चस्मा लाएर सांसदहरूलाई जवाफ दिनेछन् बालेनले
नेपालगन्जका ‘स्पा’हरूमा बालिका, सातजनाको उद्धार, तीन सञ्चालक पक्राउ