नेपालगन्ज १३ जेठ : कोहलपुर नगरपालिकाले नगरक्षेत्र भित्रका अस्थायी संरचनाहरु दुई दिन भित्र हटाउन अल्टिमेटम दिएको छ ।
सडक डिभिजन नेपालगन्ज र कोहलपुर नगरपालिकाको सीमा अतिक्रमण गरी निर्माण गरिएका अस्थायी संरचनाहरु हटाउन दुई दिने अल्टिमेटम दिइएको हो ।
सडकको केन्द्रबाट दायाँबायाँ २५÷२५ मिटरभित्र बनेका अस्थायी संरचना हटाउन लागिएको छ । यसअघि चैतको २४ गते सूचना जारी गरेर सडक डिभिजन नेपालगन्ज र कोहलपुर नगरपालिकाले ३५ दिनभित्र सडक अतिक्रमण गरि बनाइएका स्थायी र अस्थायी संरचनाहरु हटाउन अल्टिमेटम दिइएका थिए ।
उच्च अदालत तुलसीपुर नेपालगन्ज इजलासको आदेशलाई सम्मान गर्दै पहिलो चरणमा अस्थायी संरचना हटाउन लागिएको कोहलपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टिकाराम ढकालले जानकारी दिए ।
‘सम्मानीय उच्च अदालतको आदेशलाई सम्मान गर्दै पहिलो चरणमा अस्थायी संरचना हटाउन लागिएको छ’ ढकालले भने–‘त्यसपछि सडक अतिक्रमण बनेर बनाइएका स्थायी संरचना पनि हटाइन्छ ।’
उच्च अदालतबाट जारी भएका बाहेक अन्य क्षेत्रका सडक सीमा अतिक्रमण गरी बनाइएका ट्रष्ट, भ¥याङ्ग, पाली, टहरा, घुम्ती, पर्खाल, पेटी लगायतका अस्थायी संरचना पहिलो चरणमा हटाउन लागिएको हो ।
दुई दिन भित्रमा ती संरचना नहटाएको पाइएमा कार्यालयबाट मेसिन प्रयोग गरि हटाइने र हटाउँदा लाग्ने खर्च समेत सार्वजनिक सडक ऐन २०३१ को दफा १९ (३) बमोजिम सम्बन्धित ब्यक्तिहरुबाट असुल उपर गरिने चेतावनी समेत नगरपालिकाले दिएको छ ।
गठबन्धनभित्रै विवादका बीच लुम्बिनीका तीन मन्त्रीको सपथ
बालेन शासनका १५० दिन: खस्किदैं गएको त्यो चमक
जेनजी हुँ भन्दै महिला प्रहरीमाथि हातपात गर्ने युवक पक्राउ
डाेल्पाका बस्ती नजिकै देखिनथाले हिउँ चितुवाहरू (भिडिओसहित)
कालै चस्मा लाएर सांसदहरूलाई जवाफ दिनेछन् बालेनले
नेपालगन्जका ‘स्पा’हरूमा बालिका, सातजनाको उद्धार, तीन सञ्चालक पक्राउ