कोहलपुरमा सडक अतिक्रमित संरचना हटाउन ४८ घण्टे अल्टिमेटम


कोहलपुरमा सडक अतिक्रमित संरचना हटाउन ४८ घण्टे अल्टिमेटम

नेपालगन्ज १३ जेठ : कोहलपुर नगरपालिकाले नगरक्षेत्र भित्रका अस्थायी संरचनाहरु दुई दिन भित्र हटाउन अल्टिमेटम दिएको छ ।

सडक डिभिजन नेपालगन्ज र कोहलपुर नगरपालिकाको सीमा अतिक्रमण गरी निर्माण गरिएका अस्थायी संरचनाहरु हटाउन दुई दिने अल्टिमेटम दिइएको हो ।

सडकको केन्द्रबाट दायाँबायाँ २५÷२५ मिटरभित्र बनेका अस्थायी संरचना हटाउन लागिएको छ । यसअघि चैतको २४ गते सूचना जारी गरेर सडक डिभिजन नेपालगन्ज र कोहलपुर नगरपालिकाले ३५ दिनभित्र सडक अतिक्रमण गरि बनाइएका स्थायी र अस्थायी संरचनाहरु हटाउन अल्टिमेटम दिइएका थिए ।

उच्च अदालत तुलसीपुर नेपालगन्ज इजलासको आदेशलाई सम्मान गर्दै पहिलो चरणमा अस्थायी संरचना हटाउन लागिएको कोहलपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टिकाराम ढकालले जानकारी दिए ।

Kids Festival 2022
kanti aarogya hospital

‘सम्मानीय उच्च अदालतको आदेशलाई सम्मान गर्दै पहिलो चरणमा अस्थायी संरचना हटाउन लागिएको छ’ ढकालले भने–‘त्यसपछि सडक अतिक्रमण बनेर बनाइएका स्थायी संरचना पनि हटाइन्छ ।’

उच्च अदालतबाट जारी भएका बाहेक अन्य क्षेत्रका सडक सीमा अतिक्रमण गरी बनाइएका ट्रष्ट, भ¥याङ्ग, पाली, टहरा, घुम्ती, पर्खाल, पेटी लगायतका अस्थायी संरचना पहिलो चरणमा हटाउन लागिएको हो ।

दुई दिन भित्रमा ती संरचना नहटाएको पाइएमा कार्यालयबाट मेसिन प्रयोग गरि हटाइने र हटाउँदा लाग्ने खर्च समेत सार्वजनिक सडक ऐन २०३१ को दफा १९ (३) बमोजिम सम्बन्धित ब्यक्तिहरुबाट असुल उपर गरिने चेतावनी समेत नगरपालिकाले दिएको छ ।