विद्रोह र निराशाको आवाज हो घण्टीप्रतिको आर्कषण : डा.मिनेन्द्र


विद्रोह र निराशाको आवाज हो घण्टीप्रतिको आर्कषण : डा.मिनेन्द्र

नेपालगन्ज १४ जेठः नेपाली काँग्रेसका नेता डाक्टर मिनेन्द्र रिजालले पार्टीका कार्यकर्ताहरु अहिले नै निराश हुने अवस्था नरहेको बताएका छन् ।

नेपाली काँग्रेस बाँकेले आईतबार आयोजना गरेको भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै रिजालले केही कार्यकर्ताहरु राष्ट्रिय स्वतन्त्र पार्टीमा जानु बिद्रोह र निराशाको आवाज भएको बताए ।

‘घण्टीप्रतिको आर्कषण बिद्रोह र निराशाको आवाज हो, निराश नहुने हो भने घण्टीसँग आत्तिनुपर्ने अवस्था छैन,’ डाक्टर रिजालले भने । नेता, कार्यकर्ताहरु यो बेलामा निराश नभई पार्टी बनाउने काममा सक्रिय हुनुपर्ने बताए ।

पार्टी नेतृत्वको आलोचना गरेर मात्र पार्टी सुदृढीकरण नहुने उनको धारणा छ । यसका लागि सबैले आफ्नो अनुहार ऐनामा देखाउन आवश्यक रहेको बताए ।

Kids Festival 2022
kanti aarogya hospital

भुटानी शरनार्थी प्रकरणमा आरोपीमाथीको अनुसन्धानमा कसैले पनि बाधा पुर्याउन नहुने बताए । सत्ताको आडमा अदालतलाई कुनैपनि दवाव दिन नहुने उनको सुझाव छ ।

यस्तै पार्टीका लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले नेतालाई गाली गरेर पार्टी रुपान्तरण नहुने बताए । नेता, कार्यकर्ताहरु आफै रुपान्तरण हुनुपर्ने उनको भनाई छ ।

नेपाली काँग्रेस बाँकेका सभापति नारायणप्रसाद गौडेलको सभापतित्वमा सम्पन्न भेटघाट कार्यक्रममा केन्द्रिय सदस्य मैकुलाल बाल्मिकी, निर्वतमान सभापति किरण कोइराला, पुर्वसभासदहरु, पार्टीका प्रदेश, जिल्ला र क्षेत्रीय कार्यसमिति पदाधिकारी लगायतको उपस्थिती रहेको थियो । कार्यक्रम सञ्चालन सचिव सुधान्सु कोइरालाले गरेका थिए ।