नेपालगन्ज १४ जेठः नेपाली काँग्रेसका नेता डाक्टर मिनेन्द्र रिजालले पार्टीका कार्यकर्ताहरु अहिले नै निराश हुने अवस्था नरहेको बताएका छन् ।
नेपाली काँग्रेस बाँकेले आईतबार आयोजना गरेको भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै रिजालले केही कार्यकर्ताहरु राष्ट्रिय स्वतन्त्र पार्टीमा जानु बिद्रोह र निराशाको आवाज भएको बताए ।
‘घण्टीप्रतिको आर्कषण बिद्रोह र निराशाको आवाज हो, निराश नहुने हो भने घण्टीसँग आत्तिनुपर्ने अवस्था छैन,’ डाक्टर रिजालले भने । नेता, कार्यकर्ताहरु यो बेलामा निराश नभई पार्टी बनाउने काममा सक्रिय हुनुपर्ने बताए ।
पार्टी नेतृत्वको आलोचना गरेर मात्र पार्टी सुदृढीकरण नहुने उनको धारणा छ । यसका लागि सबैले आफ्नो अनुहार ऐनामा देखाउन आवश्यक रहेको बताए ।
भुटानी शरनार्थी प्रकरणमा आरोपीमाथीको अनुसन्धानमा कसैले पनि बाधा पुर्याउन नहुने बताए । सत्ताको आडमा अदालतलाई कुनैपनि दवाव दिन नहुने उनको सुझाव छ ।
यस्तै पार्टीका लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले नेतालाई गाली गरेर पार्टी रुपान्तरण नहुने बताए । नेता, कार्यकर्ताहरु आफै रुपान्तरण हुनुपर्ने उनको भनाई छ ।
नेपाली काँग्रेस बाँकेका सभापति नारायणप्रसाद गौडेलको सभापतित्वमा सम्पन्न भेटघाट कार्यक्रममा केन्द्रिय सदस्य मैकुलाल बाल्मिकी, निर्वतमान सभापति किरण कोइराला, पुर्वसभासदहरु, पार्टीका प्रदेश, जिल्ला र क्षेत्रीय कार्यसमिति पदाधिकारी लगायतको उपस्थिती रहेको थियो । कार्यक्रम सञ्चालन सचिव सुधान्सु कोइरालाले गरेका थिए ।
गठबन्धनभित्रै विवादका बीच लुम्बिनीका तीन मन्त्रीको सपथ
बालेन शासनका १५० दिन: खस्किदैं गएको त्यो चमक
जेनजी हुँ भन्दै महिला प्रहरीमाथि हातपात गर्ने युवक पक्राउ
डाेल्पाका बस्ती नजिकै देखिनथाले हिउँ चितुवाहरू (भिडिओसहित)
कालै चस्मा लाएर सांसदहरूलाई जवाफ दिनेछन् बालेनले
नेपालगन्जका ‘स्पा’हरूमा बालिका, सातजनाको उद्धार, तीन सञ्चालक पक्राउ