नेपालगन्ज १५ जेठ : नेपाल सरकारबाट सामाजिक सुरक्षा भत्ता प्राप्त गर्नेको सङ्ख्या बढेको छ । चालु आर्थिक वर्ष २०७९/८० पहिलो आठ महिनासम्म सरकारबाट मासिक भत्ता प्राप्त गर्नेको सङ्ख्या ३६ लाख ८३ हजार ६५८ रहेको छ ।
सरकारले आईतबार सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०७९/८० को आर्थिक सर्वेक्षण अनुसार चालु आर्थिक वर्षमा सामाजिक सुरक्षा भत्ता लिनेको सङ्ख्या गत आर्थिक वर्ष २०७८/७९ को भन्दा ८१ हजार जना बढी हो । गत आर्थिक वर्षमा ३६ लाख दुई हजार ७०५ जनाले मासिक रूपमा सामाजिक सुरक्षा भत्ता प्राप्त गरेका थिए ।
राष्ट्रिय योजना आयोगका अनुसार २०६८/६९ मा सङ्क्रमणकालीन अवधिमा मानिसमा गएको सामाजिक सुरक्षाको रकम २० लाख मात्रै थियो । आर्थिक वर्ष २०७१/७२ मा २१ लाख ३३ हजार मासिक लाभान्वित भएका थिए ।
१५ औँ आवधिक योजना पहिलो वर्ष २८ लाख लाभान्वित भएकामा २०७९/८० को फागुनसम्म लाभ लिनेको सङ्ख्या ३७ लाखको हारहारीमा पुगेको छ ।
कुल जनसङ्ख्याको ३० प्रतिशतलाई सामाजिक सुरक्षा सामाजिक सुरक्षाको कर्भेजमा नेपालले कुल जनसङ्ख्याको ३० प्रतिशत उपलब्धि प्राप्त गरेको छ । आयोगले १५ औँ आवधिक योजनामा सामाजिक सुरक्षा कर्भेजको अवस्था ६० प्रतिशत पु–याउने लक्ष्य लिएकामा एक वर्ष बाँकी रहँदा ३० प्रतिशत पु–याएको हो । जब कि १५ औँ आवधिक योजनाको प्रथम वर्षमा हुँदा नेपाल सामाजिक सुरक्षा कर्भेजको अवस्था १७ प्रतिशत मात्रै थियो ।
आयोगका अनुसार सामाजिक सुरक्षाका लागि चालु आर्थिक वर्ष २०७९/८० मा सामाजिक सुरक्षा अन्तर्गत हुने खर्च दुई खर्ब ४९ अर्ब ८१ करोड रुपियाँ छ । यो रकम भनेको कुल राष्ट्रिय बजेटको १३.९ प्रतिशत हो । देशको कुल गार्हस्थ उत्पादन (जिडिपी) को ४.७ प्रतिशत रहेको छ । १५ औँ आवधिक सामाजिक सुरक्षा कर्भेजको अवस्था हेर्दा थोरै भए पनि दक्षिण एसियाली मुलुकुको तुलना गरेर हेर्दा बङ्गलादेश, श्रीलङ्काबाहेक नेपाल अगाडि भएको अर्थविद्हरूले बताउँदै आएका छन् । सामाजिक सुरक्षाको कर्भेजमा नेपालले हालसम्म प्राप्त गरेको उपलब्धिलाई सकारात्मक रूपमा लिँदै यसलाई दिगो बनाउनुपर्ने कार्यक्रम सञ्चालन हुनुपर्नेमा उहाँहरूको जोड रहेको छ ।
१० वर्षअगाडि कुल बजेटको सात प्रतिशत सामाजिक सुरक्षामा खर्च भएकामा अहिले बढेर झण्डै १४ पुगेकाले यसलाई दिगो अर्थतन्त्रको क्षमता र आवश्यकताका आधारमा नगद वितरणमुखी नभएर सेवामुखी बनाइनुपर्ने कुरा उठ्दै आएको छ ।
चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षण प्रतिवेदनमा सामाजिक सुरक्षाको कर्भेज दिगो र शतप्रतिशतमा पु–याउन योगदानमा आधारित सामाजिक सुरक्षा कार्यव्रmमलाई व्यापक विस्तार गर्नुपर्ने आवश्यकता औँल्याइएको छ ।
गठबन्धनभित्रै विवादका बीच लुम्बिनीका तीन मन्त्रीको सपथ
बालेन शासनका १५० दिन: खस्किदैं गएको त्यो चमक
जेनजी हुँ भन्दै महिला प्रहरीमाथि हातपात गर्ने युवक पक्राउ
डाेल्पाका बस्ती नजिकै देखिनथाले हिउँ चितुवाहरू (भिडिओसहित)
कालै चस्मा लाएर सांसदहरूलाई जवाफ दिनेछन् बालेनले
नेपालगन्जका ‘स्पा’हरूमा बालिका, सातजनाको उद्धार, तीन सञ्चालक पक्राउ