सरकारको प्राथमिकता : कृषि, पर्यटन र सम्पन्न हुने विकास आयोजनाहरू मात्रै


सरकारको प्राथमिकता : कृषि, पर्यटन र सम्पन्न हुने विकास आयोजनाहरू मात्रै

नेपालगन्ज १५ जेठ : आगामी आर्थिक वर्षको बजेटमा कृषि, पर्यटन र सम्पन्न हुने आयोजना सरकारको उच्च प्राथमिकतामा परेका छन् । कृषिको आधुनिकीकरण, पर्यटन क्षेत्रको विकास र सम्पन्न हुने खालका विकास आयोजनामा मात्रै बजेट विनियोजन गरिएको हो ।

विगतमा टुक्रे आयोजना, बहुवर्षीय आयोजना र सम्भाव्यता भएका आयोजनाहरूमा ठूलो बजेट राख्ने तर काम भने शुरू नहुने समस्या थियो ।

Kids Festival 2022
kanti aarogya hospital
add

अर्थमन्त्री डाक्टर प्रकाशशरण महतले सम्पन्न हुने खालका आयोजनामा आवश्यकता अनुसार बजेट दिएका छन् भने शुरू नै हुन नसक्ने खालका आयोजनामा बजेट कटौती गरेका छन् ।

सरकारले दोस्रो चरणको आर्थिक सुधार र अर्थतन्त्रको संरचनागत परिवर्तनको नारासहित आर्थिक वर्ष २०८०/८१ को बजेट तयार पारेको अर्थमन्त्री डाक्टर महतले बताए ।