शहरी विकासको बजेट झण्डै दोब्बर


शहरी विकासको बजेट झण्डै दोब्बर

नेपालगन्ज १५ जेठ : सरकारले शहरी विकास मन्त्रालयको बजेट बढाएर झण्डै दोब्बर पु¥याएको छ ।

अर्थमन्त्री डाक्टर प्रकाशशरण महतले शहरी विकास मन्त्रालयका लागि ६६ अर्ब १७ करोड रुपैयाँ बजेट विनियोजन गरेका छन् ।

Kids Festival 2022
kanti aarogya hospital
add

चालु आवमा यस मन्त्रालयका लागि ३७ अर्ब ७३ करोड रुपैयाँ मात्रै बजेट विनियोजन गरेको थियो । यस मन्त्रालयलाई आगामी आर्थिक वर्षको लागि करीब ३० अर्ब रुपैयाँ बढी बजेट विनियोजन गरेको हो ।

सरकारले दोस्रो चरणको आर्थिक सुधार र अर्थतन्त्रको संरचनागत परिवर्तनको नारासहित आर्थिक वर्ष २०८०/८१ को बजेट तयार पारेको अर्थमन्त्री डाक्टर महतले बताए ।