उच्चस्तरिय प्रशासन सुधार आयोग गठन हुने


उच्चस्तरिय प्रशासन सुधार आयोग गठन हुने

नेपालगन्ज १५ जेठ : सरकारले सार्वजनिक प्रशासनलाई छरितो, मितव्ययी र परिणाममुखी बनाउन उच्चस्तरिय प्रशासन सुधार आयोग गठन गर्ने भएको छ ।

आगामी आर्थिक बर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री डाक्टर प्रकाश शरण महतले सार्वजनिक प्रशासनलाई छरितो, मितव्ययी र परिणाममुखी बनाउन उच्चस्तरिय प्रशासन सुधार आयोग गठन गरी सो आयोगको सुझावलाई कार्यान्वयन गरिने बताएका छन् ।

Kids Festival 2022
kanti aarogya hospital
add

त्यस्तै नतिजामा आधारित कार्यसम्पादन प्रणाली विकास गरी सार्वजनिक प्रशासनलाई जवाफदेही र परिणाममुखी बनाइनेछ ।