नेपालगन्ज १५ जेठ : आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि सार्वजनिक बजेटमा कर्मचारीको तलब बढाइएको छैन ।
स्रोत अभाव भन्दै निजामती कर्मचारीहरुले पाउँदै आएको सबै प्रकारका भत्ता खारेज गरेको सरकारले उनीहरुले पाउने पारिश्रमिकलाई यथावत राखेको छ । केही निकायका कर्मचारीहरुले पाउने प्रोत्साहन र अतिरिक्त समय भत्ता समेत कटौती गरेको हो ।
अर्थमन्त्री डाक्टर प्रकाशशरण महतले बजेट वक्तव्यमा ‘उच्चस्तरीय तलब आयोगको सिफारिस क्रमशः कार्यान्वयन गर्दै लगिनेछ’ भन्नेबाहेक कर्मचारीको तलबबारे केही उल्लेख गरेनन् । उच्चस्तरीय तलब आयोगको अन्य कयौं सुझावलाई बजेट वक्तव्यमा समावेश गरेको छ ।
केही महिना अघिमात्रै उच्चस्तरिय तलब आयोगले तल्लो तहको कर्मचारीको न्यूनतम तलब ३५ हजार बनाउनुपर्ने सुझाव दिएको थियो । उसले अनावश्यक खर्च कटौती र राजस्व वृद्धि गरेर कर्मचारीहरुको तलब पुनरावलोकन गर्न सुझाव दिएको थियो । आयोगले २० फागुन २०७९ मा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई प्रतिवेदन बुझाएको थियो ।
तलब आयोगले आधारभूत तलबबाट कर्मचारीको मासिक तलब, कर्मचारी सञ्चय कोष थप, खाजा भत्ता, परिवहन भत्ता, शैक्षिक भत्ता, औषधी उपचार कोषमा जम्मा हुने रकम समेत समावेश गर्नुपर्ने सुझाव दिएको थियो ।
गठबन्धनभित्रै विवादका बीच लुम्बिनीका तीन मन्त्रीको सपथ
बालेन शासनका १५० दिन: खस्किदैं गएको त्यो चमक
जेनजी हुँ भन्दै महिला प्रहरीमाथि हातपात गर्ने युवक पक्राउ
डाेल्पाका बस्ती नजिकै देखिनथाले हिउँ चितुवाहरू (भिडिओसहित)
कालै चस्मा लाएर सांसदहरूलाई जवाफ दिनेछन् बालेनले
नेपालगन्जका ‘स्पा’हरूमा बालिका, सातजनाको उद्धार, तीन सञ्चालक पक्राउ