कुमालको जन्मोत्सवमा घमन्जा विमोचन र कवि गोष्ठि


कुमालको जन्मोत्सवमा घमन्जा विमोचन र कवि गोष्ठि

नेपालगन्ज २० जेठ : वरिष्ठ अवधीभाषी साहित्यकार एवं सञ्चारकर्मी विष्ण्ुालाल कुमालको आज ७६ औं जन्मोत्सव मनाइएको छ ।

७५ वर्ष पुरा गरेर ७६ औं वर्ष प्रवेशका अवसरमा आज नेपालगन्जमा अवधी साँस्कृतिक प्रतिष्ठान केन्द्रिय समितिद्वारा उनको कृति घमन्जा विमोचनसँगै बहुभाषिक कवि गोष्ठि गरिएको छ ।

स्रष्टा कुमालले साहित्य रचनासँगै सञ्चारमार्फत अवधी कला, संस्कृतिमा योगदान पु¥याएका छन् । मानवअधिकार, समाजसेवा र शान्ति स्थापनामा पनि उत्तिकै सक्रिय कुमालद्वारा प्रकाशित घमन्जा पुस्तकको प्रमुख अतिथी एवं राजनीतीकर्मी पशुपतिदयाल मिश्र, वरिष्ठ साहित्यकार सनत रेग्मी लगायतले विमोचन गरेका थिए ।

प्रमुख अतिथी मिश्रले कुमालद्वारा प्रकाशित घमन्जा पुस्तक जस्तै स्रष्टा कुमाल पनि घमन्जा जस्तै बहुआयामिक व्यक्तित्व भएको भन्दै उनको सक्रियता र योगदानको स¥हाना गरे ।

Kids Festival 2022
kanti aarogya hospital
add

कार्यक्रममा वरिष्ठ साहित्यकार रेग्मी, पुस्तकालय अधयक्ष वलराम यादव, प्राज्ञ सदस्य महानन्द ढकाल, प्राध्यापक कृष्ण घिमिरे, वरिष्ठ पत्रकार नरेन्द्रजंग पीटर, रुपैडिहा नगर पञ्चायतका चेयरम्यान डाक्टर उमाशंकर वैश्य, पत्रकार विजय वर्मा लगायतले अवधी भाषा, साहित्य र स्रष्टा कुमालको व्यक्तित्व बारे चर्चा गरेका थिए ।

अवधी सांस्कृतिक प्रतिष्ठानका केन्द्रिय सदस्य हाजी अवुदल लतिफ शौकको सभापतिवमा भएको कार्यक्रममा मुस्तफा अहसन, विक्रम शिशीर, सुशिला वैश्य, शायदा वाहीदी, चन्द्रावती अधिकारी, असफाक संघर्ष लगायतले रचना वाचन गरेका थिए ।