जनप्रतिनिधी र कर्मचारीलाई सूचनाको हकसम्वन्धी अनुशिक्षण


जनप्रतिनिधी र कर्मचारीलाई सूचनाको हकसम्वन्धी अनुशिक्षण

नेपालगन्ज २१ जेठ : बाँके कोहलपुर नगरपालिकाका जनप्रतिनिधी र कर्मचारीहरुका लागि सूचनाको हक सम्वन्धी अनुशिक्षण गरिएको छ ।

कोहलपुर नगरपालिकाको सहयोगमा सूचना र मानवअधिकार अनुसन्धान केन्द्र नेपालगन्जद्वारा आयोजित एक दिने अनुशिक्षणमा सूचना, सूचनाको हक, यसको प्रयोग, उपयोगिता, फाइदा र कानूनी प्रक्रिया लगायतका विषयमा जानकारी गराइएको थियो ।

अनुशिक्षणमा नगरपालिकाका वडाध्यक्ष, कार्यपालिका सदस्य र विभिन्न शाखाका प्रमुख लगायत ३० जनाको सहभागिता रहेको थियो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ लुम्विनी प्रदेशका उपाध्यक्ष शुक्रऋषि चौलागाई र पत्रकार राकेशकुमार मिश्रले सहजिकरण गरेका थिए ।

Kids Festival 2022
kanti aarogya hospital
add

अनुशिक्षण समापन कार्यक्रममा बोल्दै कोहलपुर नगरपालिकाका उपप्रमुख संगिता सुबेदीले सूचनाको हकको प्रयोगले सुशासन, पारदर्शितामा मद्दत पुग्ने विश्वास गर्दै यसको कार्यान्वयनमा जोड दिइन । उनले कोहलपुर नगरपालिका सूचनामैत्री भएको दाबी गर्दै अझै सूचनाको प्रवाह प्रक्रियालाई व्यवस्थित र प्रभावकारी बनाइने प्रतिबद्धता व्यक्त गरिन् ।

सूचना अधिकार समुह कोहलपुरका संयोजक जयसिंह केसीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सहभागिहरुले सूचनाको हकको कार्यन्वयनका सन्दर्भमा आएका समस्या तथा चुनौतीबारे छलफल गरेका थिए ।

त्यस अवसरमा स्वास्थ्य सेवाको क्षेत्रमा सुशासन प्रर्बद्धनमा योगदान गरेका नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरका स्टाफ नर्स समिक्षा रावतलाई सम्मान गरिएको थियो ।