नेपालगन्ज २१ जेठ : बाँके कोहलपुर नगरपालिकाका जनप्रतिनिधी र कर्मचारीहरुका लागि सूचनाको हक सम्वन्धी अनुशिक्षण गरिएको छ ।
कोहलपुर नगरपालिकाको सहयोगमा सूचना र मानवअधिकार अनुसन्धान केन्द्र नेपालगन्जद्वारा आयोजित एक दिने अनुशिक्षणमा सूचना, सूचनाको हक, यसको प्रयोग, उपयोगिता, फाइदा र कानूनी प्रक्रिया लगायतका विषयमा जानकारी गराइएको थियो ।
अनुशिक्षणमा नगरपालिकाका वडाध्यक्ष, कार्यपालिका सदस्य र विभिन्न शाखाका प्रमुख लगायत ३० जनाको सहभागिता रहेको थियो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ लुम्विनी प्रदेशका उपाध्यक्ष शुक्रऋषि चौलागाई र पत्रकार राकेशकुमार मिश्रले सहजिकरण गरेका थिए ।
अनुशिक्षण समापन कार्यक्रममा बोल्दै कोहलपुर नगरपालिकाका उपप्रमुख संगिता सुबेदीले सूचनाको हकको प्रयोगले सुशासन, पारदर्शितामा मद्दत पुग्ने विश्वास गर्दै यसको कार्यान्वयनमा जोड दिइन । उनले कोहलपुर नगरपालिका सूचनामैत्री भएको दाबी गर्दै अझै सूचनाको प्रवाह प्रक्रियालाई व्यवस्थित र प्रभावकारी बनाइने प्रतिबद्धता व्यक्त गरिन् ।
सूचना अधिकार समुह कोहलपुरका संयोजक जयसिंह केसीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सहभागिहरुले सूचनाको हकको कार्यन्वयनका सन्दर्भमा आएका समस्या तथा चुनौतीबारे छलफल गरेका थिए ।
त्यस अवसरमा स्वास्थ्य सेवाको क्षेत्रमा सुशासन प्रर्बद्धनमा योगदान गरेका नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरका स्टाफ नर्स समिक्षा रावतलाई सम्मान गरिएको थियो ।
गठबन्धनभित्रै विवादका बीच लुम्बिनीका तीन मन्त्रीको सपथ
बालेन शासनका १५० दिन: खस्किदैं गएको त्यो चमक
जेनजी हुँ भन्दै महिला प्रहरीमाथि हातपात गर्ने युवक पक्राउ
डाेल्पाका बस्ती नजिकै देखिनथाले हिउँ चितुवाहरू (भिडिओसहित)
कालै चस्मा लाएर सांसदहरूलाई जवाफ दिनेछन् बालेनले
नेपालगन्जका ‘स्पा’हरूमा बालिका, सातजनाको उद्धार, तीन सञ्चालक पक्राउ