डिएलए वरिष्ठ उपाध्यक्षमा कार्कीको उम्मेदवारी


डिएलए वरिष्ठ उपाध्यक्षमा कार्कीको उम्मेदवारी

नेपालगन्ज २२ जेठः नेपाल डेमोक्रयाटिक लयर्स एशोसीयशनको आगामी जेठ २६ गते हुने ११ औं महाधिवेशनमा वरिष्ठ उपाध्यक्ष पदमा नेपालगन्जका कानून व्यवसायी प्रह्लादबहादुर कार्कीले आफ्नो उममेदवारी सार्वजनिक गरेका छन् ।

४ दशकदेखि कानून व्यवसायमा संलग्न अधिवक्ता कार्कीले सोमबार नेपालगन्जमा औपचारिक रुपमा पत्रकार माझ वरिष्ठ उपाध्यक्षको लागि आफ्नो दावेदारी प्रस्तुत गरेका हुन् ।

डिएलए र नेपाल बार एकशोसीयशनका केन्द्रिय उपाध्यक्ष समेत रहिसकेका कार्कीले यसअघिको महाधिवेशनमै अध्यक्ष पदमा उम्मेदवारी दिएपनि सहमतीमा फिर्ता लिएको तर, यसपटक भने वरिष्ठ उपाध्यक्षमै उम्मेदवारी दिएको उदघोष गरे ।

कार्यसमितिमा वरिष्ठ उपाध्यक्ष एक जना र महिला उपाध्यक्षसहित ८ जना उपाध्यक्ष हुने व्यवस्था रहेको छ । स्थायी रुपमै काठमाडौं बस्न सक्ने अवस्था नरहेको लगायतका प्राविधिक कारण देखाउँदै कार्कीले वरिष्ठ उपाध्यक्षका लागि आफु पूर्ण रुपमा सक्षम र उपयुक्त भएको भन्दै दावी गरे ।

Kids Festival 2022
kanti aarogya hospital

डिएलएमा जिल्लादेखि केन्द्रको विभिन्न तहमा रहेर अनुभव संगालीसकेकाले अब वरिष्ठ उपाध्यक्षमा रहेर कानून व्यवसायीको हकहित र संस्थागत विकासमा योगदान पु¥याउने उनले विश्वास व्यक्त गरे ।

विगतमा डिएलएका लागि गरेको योगदान, देशभरका कानून व्यवसायी साथीहरुको हौसला र साथले आफु वरिष्ट उपाध्यक्षमा निर्वाचित हुने उनले ठोकुवा गरे ।

कार्कीले वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी घोषणा गरिरहँदा डिएलए बाँकेका अध्यक्ष जनक बहादुर शाही, उच्च अदालत बार एशोसिएशन नेपालगन्जका अध्यक्ष चित्र बहादुर शाही, पुनरावेदन अदालत बार एशोसिएसन नेपालगन्जका पुर्व अध्यक्ष लोक बहादुर शाह, डिएलए बाँके पुर्व अध्यक्ष इश्वरी ज्ञवाली पनि सामा रहेका थिए ।