प्रजातन्त्र सेनानीलाई नगद सहित सम्मान


प्रजातन्त्र सेनानीलाई नगद सहित सम्मान

नेपालगन्ज २२ जेठः प्रजातन्त्र स्थापना गर्नमा योगदान पुर्याएका प्रजातन्त्र सेनानीलाई नेपालगन्जमा सम्मान गरिएको छ ।

गणेशमान सिंह फाउण्डेशनले नेपालगन्जमा सोमबार एक कार्यक्रमको आयोजना गरि प्रजातन्त्र सेनानीलाई नगद सहित सम्मान (मरणोपरान्त) गरेको हो ।

प्रजातन्त्र सेनानी कैलाली, टिकापुरका जोगराम थारु, नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर–२ निवासी गोपालबहादुर कर्माचार्य, नेपालगन्ज–१३ निवासी सर्वज्ञमान श्रेष्ठलाई नगद २५ हजारसहित कदरपत्र प्रदान गरेर सम्मान गरियो ।

फाउण्डेशनका कार्यकारी अध्यक्ष प्रकाशमान सिंह, महासचिव घनेन्द्रपुरुष ढकाल र कार्यक्रम संयोजक प्रभाषमान सिंहले हस्तक्षर गरेको कदर पत्रमा ‘नेपालमा प्रजातन्त्र स्थापना एवं सम्वद्र्धनका निम्ति भएका क्रान्ति, संघर्ष, सत्याग्रह र जनआन्दोलनहरुमा सक्रिय सहभागी भई सत्यनिष्ठा, त्याग र लोकहितका निम्ति जीवनभर सर्मपित रही आदर्श स्थापित गरेकोमा सम्मान गरिएको’ उल्लेख छ ।

Care City
kanti aarogya hospital
Health Care Clinic Nepalgunj

प्रजातन्त्र सेनानी थारुको २०१८ सालमा निधन भएको थियो । कर्माचार्यको २०५४ र श्रेष्ठको २०७२ सालमा निधन भएको थियो । कार्यक्रमका प्रमुख अतिथी एवम् नेपाल प्रजातन्त्र सेनानी संघ बाँके–बर्दियाका पूर्वकार्यबाहक अध्यक्ष रामजी शर्मा, लुम्बिनी प्रदेशका सांसद माया पुन, संबिधान सभा सदस्य अब्दुल हमिद सिद्धिकी लगायत अतिथीले सम्मान गरे । कार्यक्रममा प्रजातन्त्र सेनानी स्वर्गीय जोगरामका नाति जंगबहादुर चौधरी, गोपालका नाति रविन्द्रकुमार श्रेष्ठ र सर्वज्ञमानका छोरा राजेन्द्र श्रेष्ठलाई नगद तथा कदरपत्र हस्तान्तरण गरिएको थियो ।

फाउण्डेसन बाँकेका अध्यक्ष अनिल श्रेष्ठको अध्यक्षतामा भएको सेनानी सम्मान कार्यक्रममा प्रमुख अतिथी एवम् नेपाल प्रजातन्त्र सेनानी संघ बाँके–बर्दियाका पुर्वकार्यबाहक अध्यक्ष रामजी शर्मा, काँग्रेस नेतृ एवम् लुम्बिनी प्रदेशका सांसद माया पुन, फाउण्डेशनका सल्लाहकार एवमं नेपाल पत्रकार महासंघका पुर्वकेन्द्रिय उपाध्यक्ष हेमन्त कर्माचार्य, प्रजातन्त्र सेनानीका पुत्र राजेन्द्र श्रेष्ठ, नेपाली काँग्रेस बाँकेका उपसभापतिद्वय कृष्ण कार्की र गोपालप्रसाद अधिकारी, संबिधान सभाका सदस्य अब्दुल हमिद सिद्धिकी, नेपाली काँग्रेसका महासमिति सदस्यद्वय मेघराज ओली र भारती जोशी, नेपाल तरुण दलका पुर्वकेन्द्रिय महासचिव हुर्मत न्यौपाने लगायतले स्वर्गीय गणेशमान सिंहको योगदानबारे चर्चा गरेका थिए ।

फाउण्डेशनले हरेक वर्ष प्रजातन्त्र सेनानीलाई सम्मान गर्दै आएको छ । कार्यक्रम सञ्चालन नेपाली काँग्रेस बाँकेका कार्यसमिति सदस्य एवम् नेतृ पुष्पा शुक्लाले गरेकी थिइन् ।