पार्टीभित्र चरम गुट, कार्यकर्तालाई प्रशिक्षण आवश्यक
नेपालगन्ज २३ जेठ : नेपाली काँग्रेसका केन्द्रिय सदस्य मैकुलाल बाल्मिकीले पार्टीभित्रको चरम गुटका कारण कार्यकर्तामा निराशा छाएकाले उनीहरुलाई उचित प्रशिक्षण दिनुपर्ने बताएकाछन् । पार्टीका कार्यकर्तामा उचित प्रशिक्षणको कमी छ, जसका कारण पार्टीभित्र चरम गुटले उनीहरुमा निराशा छाएको उनको भनाई छ ।
संविधान सभाका सदस्य समेत रहेका बाल्मिकीले भने, ‘नेपाली काँग्रेसका कार्यकर्तामा उचित प्रशिक्षणको कमी छ, पार्टीमा गुटभित्र पनि आफ्नो मान्छे, आफ्नो मान्छेमा पनि आफुलाई काम लाग्ने मान्छेको खोजी भइरहेको छ, चाप्लुसी र चाकडी गर्ने मान्छे खोजी गर्छन् नेताहरुले ।’
नेताको ब्यक्तीवादी चरित्रले गर्दा केही काँग्रेस कार्यकर्ताहरु अन्य पार्टीमा प्रवेश गरिरहेको उनको भनाईछ । स्थानीय तहमा निर्वाचित काँग्रेस नेताहरुले आफ्नो कार्यशैलीलाई सुधार्न नसकेको भन्दै उनले चिन्ता ब्यक्त गरे ।
‘कार्यकर्ताले मरी–मरी प्रचार गर्ने र निर्वाचित भइसकेपछि लोभ लालचमा उहाँहरुले कार्यकर्ताहरुलाई नहेर्ने जस्ता प्रवृत्तिहरु छन्,’ काँग्रेस केन्द्रिय सदस्य समेत रहेका बाल्मिकीले थपे । बाल्मिकीले करिव १० महिनादेखी रोकिएको पार्टी केन्द्रिय समितिको बैठक चाँडो बोलाउनुपर्ने माग गरे ।
पार्टीमा देखा परेको समस्याका बारेमा पार्टीको बैठकमा छलफल चलाइनुपर्ने उनको तर्क छ । कार्यकर्तालाई उर्जा प्रदान गर्नका लागि पार्टीको बैठक बोलाउनुपर्ने बाल्मिकीको सुझाव छ ।
‘कार्यकर्तामा जोश र जाँगर उत्पादन गर्ने नेपाली काँग्रेसले गरेको छैन, नेताहरु ब्यक्तीवादी भईसके, आफ्नो चाकडी गर्नेलाई मात्र हेर्ने, कार्यकर्ताले आफ्नो कुरा राख्न नपाउने अवस्था छ,’ उनले थपे ।
अर्को प्रसङ्गमा केन्द्रिय सदस्य बाल्मिकीले संसदबाट पारित भएको नागरिकता विधेयकलाई राष्ट्रपतिले प्रमाणीकरण गर्ने काम मात्रै गरेको बताए ।
‘यो दुबै सदनले पारित गरिसकेको कुरा हो, विधान सम्मत छ । संसदबाट पारित भएका कुरालाई मात्र राष्ट्रपतिले प्रमाणीकरण गर्न पाउँछन्,’ उनले अगाडी भने ‘यो त पहिल्यै सोच्नुपर्ने थियो नि, आमालाई प्रजनन स्वास्थ्यको अधिकार दिइन्छ भने आमाको नामबाट नागरिकता दिन किन नमिल्ने ?’ जन्मशिद्धका आधारमा नागरिकता दिइसकेपछि तिनका बाल बच्चालाई नागरिकता दिन किन नमिल्ने ? भन्दै उनले प्रतिप्रश्न गरे ।
गठबन्धनभित्रै विवादका बीच लुम्बिनीका तीन मन्त्रीको सपथ
बालेन शासनका १५० दिन: खस्किदैं गएको त्यो चमक
जेनजी हुँ भन्दै महिला प्रहरीमाथि हातपात गर्ने युवक पक्राउ
डाेल्पाका बस्ती नजिकै देखिनथाले हिउँ चितुवाहरू (भिडिओसहित)
कालै चस्मा लाएर सांसदहरूलाई जवाफ दिनेछन् बालेनले
नेपालगन्जका ‘स्पा’हरूमा बालिका, सातजनाको उद्धार, तीन सञ्चालक पक्राउ