राप्तीसोनारीमा आधारभुत पत्रकारिता तालिम


राप्तीसोनारीमा आधारभुत पत्रकारिता तालिम

राप्तीसोनारी (बाँके) २४ जेठ : ग्रामीण पत्रकारिता विकासका लागि बाँकेको राप्तीसोनारी गाउँपालिकामा तीन दिने आधारभुत पत्रकारिता तालिम शुरु भएको छ ।

सूचना र मानवअधिकार अनुसन्धान केन्द्र नेपालगन्जले सञ्चालन गरेको तालिममा राप्तीसोनारी गाउँपालिकाका ९ वटा वडाका २० जना युवा तथा किशोरीहरुको सहभागिता रहेको छ ।

तालिमको उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष तप्तबहादुर पौडेलले ग्रामीण क्षेत्रका समस्या तथा सवाललाई सञ्चार माध्यमसम्म पु¥याउनका लागि युवाहरुलाई पत्रकारिता क्षेत्रमा जोड्न यो तालिमले मद्दत पु¥याउने विश्वास व्यक्त गरे ।

अध्यक्ष पौडेलले पत्रकार समाजको ऐना भएकाले पत्रकारिता पेशाको गरिमा उच्च रहेकाले पेशागत व्यवसायिकता र निश्पक्ष पत्रकारितालाई विशेष ध्यान दिनुपर्नेमा जोड दिए ।

Kids Festival 2022
kanti aarogya hospital

गाउँपालिकाका उपाध्यक्ष मनिषा सिंह थारुले युवाहरुका लागि यो तालिम निकै महत्वपुर्ण भएकाले तालिम पश्चात यस पेशालाई अङ्गाल्न अनुरोध गर्दै स्थानीय समास्या तथा सवाललाई बढी भन्दा बढी मात्रामा उठान गर्नुपर्नेमा जोड दिइन् ।

तालिमको उद्घाटन समारोहमा प्रमुख प्रशासकीय अधिकृत ओमप्रकाश देवकोटा, राप्तीसोनारी वडा नम्बर–६ का वडाध्यक्ष लबराज खरेल, नेपाल पत्रकार महासंघ लुम्विनी प्रदेश उपाध्यक्ष शुक्रऋषि चौलागाई लगायतले आफ्नो धारणा राखेका थिए ।

तालिममा पत्रकार शुक्रऋषि चौलागाई र राकेश मिश्रले सहजीकरण गरिरहेको कार्यक्रम संयोजक जयसिंह केसीले जानकारी दिए । संयोजक केसीका अनुसार ग्रामीण क्षेत्रका सवाललाई सञ्चार माध्यमसम्म पु¥याउनका लागि तालिम सञ्चालन गरिएको हो ।