राप्तीसोनारीद्वारा नागरिक गुनासो एप्लीकेशन सार्वजनिक


राप्तीसोनारीद्वारा नागरिक गुनासो एप्लीकेशन सार्वजनिक

राप्तीसोनारी २५ जेठ : बाँकेको राप्तीसोनारी गाउँपालिकाले नागरिकसँग प्रत्यक्ष जोड्नका लागि गुनासो एप्लीकेसन सञ्चालनमा ल्याएको छ ।

गुनासो एप्लीकेसनको एक समारोहकाविच गाउँपालिका अध्यक्ष तप्तबहादुर पौडेलले शुभारम्भ गर्दै नागरिकलाई प्रत्यक्ष जोड्नका लागि यो एप्लीकेसन ल्याएको भन्दै जनताका गुनासो व्यवस्थापनमा सहजता आउने बताए ।

उनले पालिकाले प्रवाह गर्ने सेवा सुविधाको प्रभावकरिता र सेवाका बारेमा सबै नागरिकलाई जानकारी हुने विश्वास व्यक्त गरे । अध्यक्ष पौडेलले भने–‘अब जुन क्षेत्रबाट पनि गाउँपालिकाका कामहरु प्रति सजक र सहज बनाउन आमनागरिकले गुनासो गर्न पाउनु हुनेछ ।’

सेवाग्राहीले आफ्नो मोबाइलबाट डाउनलोड गरि उक्त एप्लीकेशनमार्फत प्रत्येक्ष गुनासो तथा कुरा गर्न सकिने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओमप्रकाश देवकोटाले बताए । उनका अनुसार गाउँपालिकाको भौगोलिक क्षेत्र फराकिलो भएकाले टाढाका सेवाग्राहीलाई सहजताका लागि यो एप्लीकेशनले सहयोग गर्ने बताए ।

Kids Festival 2022
kanti aarogya hospital

एप्लीकेशनमा अध्यक्षसँग प्रत्यक्ष कुराकानी, गुनासो, योजना, बजेट, नागरिक वडापत्रका बारेमा जानकारीसँगै सबै क्षेत्रका बारेमा जानकारी लिने व्यवस्था रहेको पालिकाका आइटी अफिसर जर्नादन पौडेलले बताए ।

उनकाअनुसार उक्त एप्लीकेशनलाई अहिले परीक्षणको रुपमा शुरु गरिएको छ । शुभारम्भ कार्यक्रममा उपाध्यक्ष मनिषासिंह थारु, वडाध्यक्ष, कार्यपालिका सदस्य र कर्मचारीहरुको सहभागिता रहेको थियो ।