राप्तीसोनारी २५ जेठ : बाँकेको राप्तीसोनारी गाउँपालिकाले नागरिकसँग प्रत्यक्ष जोड्नका लागि गुनासो एप्लीकेसन सञ्चालनमा ल्याएको छ ।
गुनासो एप्लीकेसनको एक समारोहकाविच गाउँपालिका अध्यक्ष तप्तबहादुर पौडेलले शुभारम्भ गर्दै नागरिकलाई प्रत्यक्ष जोड्नका लागि यो एप्लीकेसन ल्याएको भन्दै जनताका गुनासो व्यवस्थापनमा सहजता आउने बताए ।
उनले पालिकाले प्रवाह गर्ने सेवा सुविधाको प्रभावकरिता र सेवाका बारेमा सबै नागरिकलाई जानकारी हुने विश्वास व्यक्त गरे । अध्यक्ष पौडेलले भने–‘अब जुन क्षेत्रबाट पनि गाउँपालिकाका कामहरु प्रति सजक र सहज बनाउन आमनागरिकले गुनासो गर्न पाउनु हुनेछ ।’
सेवाग्राहीले आफ्नो मोबाइलबाट डाउनलोड गरि उक्त एप्लीकेशनमार्फत प्रत्येक्ष गुनासो तथा कुरा गर्न सकिने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओमप्रकाश देवकोटाले बताए । उनका अनुसार गाउँपालिकाको भौगोलिक क्षेत्र फराकिलो भएकाले टाढाका सेवाग्राहीलाई सहजताका लागि यो एप्लीकेशनले सहयोग गर्ने बताए ।
एप्लीकेशनमा अध्यक्षसँग प्रत्यक्ष कुराकानी, गुनासो, योजना, बजेट, नागरिक वडापत्रका बारेमा जानकारीसँगै सबै क्षेत्रका बारेमा जानकारी लिने व्यवस्था रहेको पालिकाका आइटी अफिसर जर्नादन पौडेलले बताए ।
उनकाअनुसार उक्त एप्लीकेशनलाई अहिले परीक्षणको रुपमा शुरु गरिएको छ । शुभारम्भ कार्यक्रममा उपाध्यक्ष मनिषासिंह थारु, वडाध्यक्ष, कार्यपालिका सदस्य र कर्मचारीहरुको सहभागिता रहेको थियो ।
गठबन्धनभित्रै विवादका बीच लुम्बिनीका तीन मन्त्रीको सपथ
बालेन शासनका १५० दिन: खस्किदैं गएको त्यो चमक
जेनजी हुँ भन्दै महिला प्रहरीमाथि हातपात गर्ने युवक पक्राउ
डाेल्पाका बस्ती नजिकै देखिनथाले हिउँ चितुवाहरू (भिडिओसहित)
कालै चस्मा लाएर सांसदहरूलाई जवाफ दिनेछन् बालेनले
नेपालगन्जका ‘स्पा’हरूमा बालिका, सातजनाको उद्धार, तीन सञ्चालक पक्राउ