राप्तीसोनारी (बाँके) २६ जेठ : ग्रामीण पत्रकारिता विकासका लागि बाँकेको राप्तीसोनारी गाउँपालिकामा सञ्चालिततीनदिने आधारभुत पत्रकारिता तालिम शुक्रबार सकिएको छ । सूचना र मानवअधिकार अनुसन्धान केन्द्र नेपालगन्जले सञ्चालन गरेको तालिममा राप्तीसोनारी गाउँपालिकाका ९ वटा वडाका २३ जना युवा तथा किशोरीहरुको सहभागिता रहेको थियो ।
तालिमको समापन गर्दै गाउँपालिकाका उपाध्यक्ष मनिषासिंह थारुले स्थानीय गाउँ समुदायका सवाललाई सञ्चार माध्यमसम्म पु¥याउनका लागि यो तालिमले मद्दत पुग्ने बताईन् । उपाध्यक्ष थारुले पत्रकारिता क्षेत्र निकै जोखिमपुर्ण तथा सम्मानित पेशा भएकाले विशेष ध्यान दिनुपर्नेमा जोड दिदैँ सत्य, तथ्य र निष्पक्षरुपमा रिपोर्टिङ्ग गरि पेशालाई मर्यादित बनाउन आग्रह गरिन् ।
उनले गाउँपालिकाले आगामी वर्षको नीति तथा कार्यक्रममै महिलाहरुका लागि उद्घोषण तथा पत्रकारिता तालिमको विशेष कार्यक्रम समाबेश गर्ने जानकारी दिइन् ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओमप्रकाश देवकोटाले पत्रकारिता पेशामा जान आधारभुत तालिमले बाटो खोलेको भन्दै आफुलाई निखार बनाउन अध्ययन र लगनशील भएर लाग्नुपर्ने बताए ।
पत्रकार बन्नका लागि शुरुमा क्षमता अभिबृद्धि मुख्य पाटोको रुपमा रहेकाले पेशा शुरु गरिसके पश्चात एडभान्स स्तरको तालिमको आवश्यकता रहेको उनले बताए । उनले गाउँपालिकाले युवाहरुलाई यो तालिम दिएर यहाँका विषयबस्तु तथा सवालमा सहजता हुने बताए ।
समापन कार्यक्रममा गाउँपालिकाका ५ नम्बर वडा सदस्य कमला विक, नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश उपाध्यक्ष शुक्रऋषि चौलागाई, सहभागीकातर्फबाट प्रमिला घर्ति र धनबहादुर थारुले आफ्ना धारणा राखेका थिए ।
तालिममा पत्रकार शुक्रऋषि चौलागाई र राकेशकुमार मिश्रले सहजीकरण गरेको कार्यक्रम संयोजक जयसिंह केसीले जानकारी दिए । संयोजक केसीका अनुसार ग्रामीण क्षेत्रका सवाललाई सञ्चार माध्यमसम्म पु¥याउनका लागि तालिम सञ्चालन गरिएको हो । तालिममा सहभागीहरुलाई प्रमाणपत्र समेत वितरण गरिएको थियो ।