सीताराम चुनिए डीएलएको अध्यक्ष


सीताराम चुनिए डीएलएको अध्यक्ष

नेपालगन्ज २८ जेठ : नेपाली काँग्रेसको शुभेच्छुक संस्था डेमोक्रेटिक लयर्स एशोसिएसन (डीएलए)को अध्यक्षमा सीताराम केसी निर्वाचित भएका छन् । चितवनमा सम्पन्न ११औं महाधिवेशनबाट केसी अध्यक्षमा निर्वाचित भएका हुन् । केसीले ४ जना प्रत्यासीलाई पराजित गर्दै अध्यक्ष बनेका हुन् ।

उनले ६५३ मत ल्याए भने उनका प्रतिद्वन्द्वी लक्ष्मी देवी दाहाल रावतले १७७, केदार कार्कीले १३०, लक्ष्मण थपलियाले ५५ र कृष्ण घिमिरे भूषणले ५३ मत पाए ।

एशोसिएसनको महासचिवमा ज्ञानेन्द्रप्रसाद अधिकारी निर्वाचित भएका छन् । उनले अन्य ४ जनालाई पराजित गर्दै विजयी भएका हुन् । अधिकारीले ३९५ मत ल्याएका छन् । उनका निकटतम प्रतिस्पर्धीले पूर्णप्रकाश बस्नेतले २३६ मत पाए ।

यस्तै उपाध्यक्षमा ३१५ मतका साथ जगन्नाथ ढकाल, महिला उपाध्यक्षमा ६१९ मतका साथ कविता थापा कार्की विजयी भएका छन् ।

Kids Festival 2022
kanti aarogya hospital

यसैगरी प्रदेश उपाध्यक्षमा कोशीबाट कविता बस्नेत र मधेशबाट रामान्द साह, गण्डकीबाट भूमिश्वर शर्मा, लुम्बिनीबाट विष्णुप्रसाद धिताल, कर्णालीबाट पदमबहादुर शाही र सुदूरपश्चिमबाट गंगाराम पाध्याय निर्विरोध निर्वाचित भएका छन् । बागमतीबाट १४३ मतका साथ जनकराज श्रेष्ठ उपाध्यक्षमा निर्वाचित भएका छन् ।

खुला सचिवमा शिवप्रसाद रेग्मी, महिला सचिवमा धनमाया राना निर्वाचित भएका छन् भने कोषाध्यक्षमा हरिबहादुर बस्नेत निर्वाचित भएका छन् । अध्यक्ष केसीलगायत अधिकांस पदाधिकारी तथा सदस्यहरू संस्थापनइतर समूहका हुन् ।