नेपालगन्ज ३ असार : नेपाल प्रेस युनियनका अग्रज एवम् केन्द्रिय पार्षद, नेपाल पत्रकार महासंघका पुर्बकेन्द्रिय उपाध्यक्ष हेमन्त कर्माचार्यलाई मातृशोक परेकोछ ।
कर्मचार्यका ममतामयी आमा मिना कर्माचार्यको ८४ वर्षको उमेरमा आईतबार निधन भएको हो ।
परिवारका अनुसार केही समयदेखी अस्वस्थ रहेकी मिनाको आईतबार बिहान घरमा निधन भएको हो । उनको धार्मिक विधिपूर्वक आईतबार नै दिउँसो बाँकेको कम्दीस्थित सिधनियाघाटमा हिन्दू धार्मिक परम्पराअनुसार अन्त्येष्टी गरिएको छ ।
यसैबीच, युनियनका अग्रज एवम केन्द्रिय पार्षद कर्मचार्यलाई मातृशोक परेको प्रति नेपाल प्रेस युनियन बाँके शाखाले स्तब्ध भएको जनाएको छ ।
युनियन बाँकेका सचिव विजय मल्लले आईतबार (आज) एक शोक वक्तब्य जारी गर्दै यस दुखद घडीमा दिवंगत आत्माको चिर शान्तिको कामनासहित हार्दिक श्रद्धाञ्जली प्रकट गरेका छन् । साथै शोक सन्तप्त परिवारजनमा धैर्य धारण गर्ने शक्ति मिलोस् भनि वक्तब्यमार्फत समवेदना प्रकट गरिएको छ ।
जेनजी हुँ भन्दै महिला प्रहरीमाथि हातपात गर्ने युवक पक्राउ
डाेल्पाका बस्ती नजिकै देखिनथाले हिउँ चितुवाहरू (भिडिओसहित)
कालै चस्मा लाएर सांसदहरूलाई जवाफ दिनेछन् बालेनले
नेपालगन्जका ‘स्पा’हरूमा बालिका, सातजनाको उद्धार, तीन सञ्चालक पक्राउ
प्रधानमन्त्रीको निजी भ्रमणमाथि हर्क राईको प्रश्न : ‘के खान जानुभएको ?’
‘टीकापुर काण्ड’को सत्य लुकाइरहेको राज्य