बाँकेका तिन जना पत्रकार सम्मानित


बाँकेका तिन जना पत्रकार सम्मानित


नेपालगन्ज १२ साउन : बाँके तिन जना पत्रकार सम्मानित भएका छन् । नेपाल मोहर्रम तथा कर्बला संरक्षण समितिले मोहर्रम पर्वका अवसरमा बाँकेका तिन जना क्रियाशील पत्रकारलाई बिहिबार सम्मान गरेको हो। इस्लामीक नयाँ वर्ष १४४५ हिजरीको शुभारम्भ देखि नै मनाईने मोहर्रम पर्वको ८ औँ दिनको अवसरमा आयोजित कार्यक्रमममा क्रियाशील पत्रकारहरुलाई सम्मान गरेको हो ।

गोरखापत्र दैनिकका समाचारदाता सिराज खान, मुस्लिम जर्नालिष्ट क्लबका अध्यक्ष एंव युथ टुडेका सम्पादक आलम खान, रुबरु एफएमका स्टेशन प्रमुख सकिल कादरी र नगरको सुरक्षा व्यवस्थालाई चुस्तदुरुस्त बनाएको भन्दै वडा प्रहरी कार्यालय नेपालगंजका प्रहरी निरिक्षक इन्द्रजीत सुनवारलाई सम्मान गरेको संरक्षण समितिका अध्यक्ष मेराज अहमद हल्वाईले बताए ।

Kids Festival 2022
kanti aarogya hospital

मुस्लिम समूदायलाई संचार माध्यबाट सहयोग गरेको र मोहर्रम पर्वमा बिशेष योगदान पु्र्याएको भन्दै जिल्लाका क्रियाशिल पत्रकारहरुलाई सम्मान गरिएको संस्थाका महासचिव मोहम्मद हारुन हल्वाईले बताए ।

इस्लामीक नयाँ वर्ष १४४५ हिजरीको सुरुआतसँगै तामझामका साथ मनाइने सो पर्व दश दिनसम्म विभिन्न कार्यक्रम गरी मनाइने गरिन्छ । उनले शान्तिपूर्ण र व्यवस्थित तरिकाले मोहर्रम पर्व मनाउन सबै संग आग्रह गरेका थिए । सम्मान कार्यक्रममा संविधान सभासदस्य अब्दुल हमिद सिद्धिकी, पूर्व प्रदेश सभा सदस्य याकुब अन्सारी, वडा नं। ५ का वडा अध्यक्ष सराफत खान, पूर्व वडा नं। ४ का वडा अध्यक्ष मोहम्मद सफिक बेहना, मौलाना मन्सुर आरफी लगायतको सहभागिता रहेको थियो ।