हरित हेमन्तले लगाए कुमुमदेखि कोहलपुरसम्म छहारीका लागि पिपल


हरित हेमन्तले लगाए कुमुमदेखि कोहलपुरसम्म छहारीका लागि पिपल

नेपालगन्ज १४ साउन : हरित हेमन्तका नामले चिनिएका नेपालगन्जका हेमन्तराज काफ्लेले छहारीका लागि पिपलको बोट लगाउने अभियान सुरु गरेका छन् । जिल्लाभरी जताततै शितलचिनीको विरुवा लगाउँदै आएका हेमन्तले अब पिपलको बोट लगाउन सुरु गरेका छन् ।

नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष दामोदर भण्डारीको सल्लाह, सुझाव र सहयोगमा हेमन्तले पहिलो चरणमा गत शनिबार बाँकेको कुुसुमदेखि कोहलपुरसम्म पिपलको बोट लगाएका छन् । पिपलले अक्सिजन दिने र शितलता (छहारी) प्रदान गर्ने हुँदा कुसुम देखि कोहलपुरसम्मका प्रतिक्षालय नजिक पिपलको बोट लगाएको बताए ।

बाँकेमा चर्को गर्मी हुने हुँदा पिपलले स्वच्छ हावा दिनुका साथै प्रतिक्षालय छेउमा पिपल लागाउँदा हिंडडुल गर्ने जो कोहीलाई शितलता छाहारी दिने हुनाले आफुले पिपल लगाउन सुरु गरेको हेमन्तले बताए ।

"मलाई पत्रकार महासंघ बाँकेका अध्यक्ष दामोदर ज्यूले हेमन्त जी शितलचिनीका साथै अब पिपल पनि लगाउनुस् । कुसुमदेखि कोहलपुरसम्म राजमार्गमा रहेका प्रतिक्षालय छेउमा पिपल लगाउदा छहारी हुन्छ भन्नु भयो । हेमन्तले भने "वहाँको सल्लाह सुझाव राम्रो लागेर शनिबार नै गइ पिपल रोपेर आयौं ।

Kids Festival 2022
kanti aarogya hospital

पिपल लगाउनमा उनलाई सुरज आले र पवन कैरातीले साथ दिएका थिए । पानीमा रुझ्दै फरुवा र खन्ती बोकेर यी तीन जनाको टीमले कुसुमदेखि कोहलपुरसम्म पिपलका १५ वटा विरुवा लगाएका छन् । हेमन्तका अनुसार, बाँकेको कुसुम रेडक्रस उपशाखा भवन नजिक, गाभर प्रतिक्षालय नजिक, अगौया चोक, राप्ती सोनारी गाउँपालिका जाने बाटो, सिक्टा ब्यारेज नजिक रहेको पिक्निक पार्कमा ७ वटा, सुखार खोला छेउ, कचनापुरको जिरो चोक, ढकेरी, नेपाली सेनाको प्रगति नगर पोष्ट लगायतका मान्छेहरु जम्म हुने ठाउँमा पिपल लगाइएको छ ।