नेपालगन्ज १७ साउन : नेपालगन्जमा खोलिएका स्पा तथा मसाज सेन्टरमा यौन धन्दा हुने गरेको छ । मसाज सेन्टरका नाममा नेपालगन्जमा खुलमखुल्ला यौन व्यवसाय सन्चालन भएका छन् । यसरी खोलिएका मसाज सेन्टरमा मसाज पनि गराउने र भित्र भित्र यौन क्रियाकलाप तथा यौन धन्दा सन्चालन गरेका गरिएका छन् ।
सुरुमा नेपालगन्जको होटल स्नेह सामुन्ने स्पा स्टेशन भनेर खोलिएको थियो तर अहिले त्यस्ता मसाज सेन्टरहरु राझाँ चोक देखि क्याम्पस चोकसम्म, न्यू रोड जताततै छ्याप छ्याप्ती खुलेका छन् ।
बिशेष गरी भारतीय ग्राहकलाई लक्षित गरेर खोलिएका यस्ता मसाज सेन्टरहरु नेपालगन्जमा दुई दर्जन भन्दा बढी खुलिसकेका छन् । मसाजका नाममा ग्राहकसँग पैसाको मोलमोलाई गर्दै नेपालगन्जमा दिउँसै यौनधन्दा हुन्छ । यस्ता मसाज सेन्टरहरु पनि कतिपय दर्ता गरेर सन्चालन गरेका छन् भने कतिपय दर्ता बिना नै सन्चालनमा छन् ।
यस्तो यौन क्रियाकलाप तथा यौनधन्दा होटल सोल्टी बाहेक नेपालगन्जका स्टार होटलमा खुलेका मसाज सेन्टरदेखि सटर तथा घर भाडामा लिएर खोलेकासम्मले सन्चालन गरेका छन् । केहीले त पुरै घर भाडामा लिएर यौन व्यवसाय नै चलाएका छन् ।
होटल सिद्धार्थ भ्यूको ठिक पछाडी २ तथा घर भाडामा लिएर मसाज सेन्टर भन्दै यौन व्यवसायनै संचालन गरेको स्थानियले सेतोखरीलाई जानकारी दिएका छन् ।
‘हाम्रो छेउको यो मसाज सेन्टरमा मसाज सेन्टर भनेर खोलिएको छ तर मसाज गरिदैन । ग्राहक आएपछि पकाउने, खाने, नाचगान अनि रात विताएर सुत्ने सबै सुविधा छ ।’ स्थानियले सेतोखरीसँग भने ‘मेरो नाम चाहिं नलेखि दिनु होला हामी छिमेकी हैरान भएका छौं । यहाँ मासु रक्सी लिएर आफै जानु पर्छ सँगै बसेर रमाइलो गर्न पाइन्छ । ग्राहक आएपछि त्यहाँ रहेका केटी छान्ने कति घण्टा या कति रातको लागि हो त्यसै अनुसार पैसा तिरेर त्यहि रहेको कोठामा लग्न पाइन्छ । हाम्रो टोलमा यस्तो विकृती भइरहेको छ भनेर जिल्ला प्रहरीमा खबर गर्दा पनि वास्ता गरिएन ।’
मसाज सेटन्टरका नाममा धेरैले यस्तो अवैध कार्य गरिरहेको मसाज सेन्टर वरिपरिकाहरुले गुनासो गरेका छन् । ती मसाज सेन्टरहरुले १ घण्टा मसाज गरेको केहीले १ हजार र केहीले १ हजार ५ सय शुल्क लग्ने गरेका छन् । नेपालगन्ज होटल स्टार लाइट गेटमा खुलेको कोहिनुर स्पाले विज्ञापन नै गरेर १ हजारमा मसाज भनेपछि अनिकांशले रेट १ हजार बनाएका हुन् ।
सबै मसाज सेन्टरमा मसाज गर्ने युवतीहरु मात्र रहेका छन् । तोकिएको मसाजको शुल्क मसाज सन्चालकले लग्छन् भने मसाजपछि गरिने यौन क्रियाकलाको पैसा ती युवतीले लग्ने गर्दछिन् । मसाज सेन्टरमा गइसकेपछि को सँग मसाज गराउने भन्ने पनि युवती रोज्न पाइने एक युवकले बताए ।
मसाज सेन्टरले मसाजपछि गरिने यौन कार्यलाई दुई भागमा विभाजन गरेका छन् । एउटा ह्यापिनिङ् र अर्को शारिरीक सम्पर्क । मसाज सेन्टरको भाषामा ह्यापिनिङ् भनेको पुरुषको लिंगलाई मसाज गर्ने युवतीले चलाई दिएर आनन्द दिलाउने हो र अर्को जुन युवतीले मसाज गरिदिएकी छिन् तिनीसँग शारिरीक सम्पर्क राख्ने हो ।
नेपालगन्जका प्रायःमसाज सेन्टरमा मसाज गराउन गइरहने एक युवकले सेतोखरीसँग भने ‘मसाज गरिदिन्छन् त्यसपछि ती युवतीसँग कुरा गरेर कसैले ह्यापिनिङ्को पाँच सय कसैले हजार लिन्छन् । शारिरीक सम्पर्क राखेको ५ हजार देखि १० हजार लिन्छन् ।’
तपाईका ग्राहक कहाँ कहाँबाट आउछन् भनि सोधिएको प्रश्नमा अधिकांश मसाज सन्चालकले भने ‘अधिकांश भारतिय आउछन् अहिले छ नेपालगन्जका पनि धेरै आउने गर्दछन् ।’ भारतीयहरुले धेरै पैसा दिने हुँदा मसाज सेन्टरका युवतीहरुले भारतीयलाई बढी रुचाउने गरेको बताइएको छ ।
सेतोखरी समाचारदाताले ग्राहक बनेर केही मसाज सेन्टरमा ‘तपाईको मसाज सेन्टरमा मसाज बाहेक के के हुन्छ ?’ भनि सोध्दा अधिकांशको एउटै जवाफ थियो ‘मसाज बाहेक तपाईलाई चाहिएको कुरा पाउनु हुन्छ, फोनबाट भन्न मिल्दैन यहि आउनुस् ।’ ह्यापिनिङ् हुन्छ कि हुदैन ? भनि फेरी सोध्दा ‘भइहाल्छ आउनुस् न पाहिला ।’ मसाज सेन्टरका युवतीसँग गरिएको अडियो रेकर्ड सेतोखरीसँग सुरक्षित रहेको छ ।
नेपालगन्जका यी स्पा तथा मसाज सेन्टरका बिषयमा बाँके प्रहरीलाई थाहा नभएको भने होइन । मसाजका नाममा भित्र के के हुन्छ भन्ने कुरा प्रहरी जवान देखि अधिकृत सबैलाई थाहा छ । कतिपय त ती मसाज सेन्टरमा मसाज गराउन समेत जाने गर्दछन् ।
यस बिषयमा जिल्ला प्रहरी कार्यालय बाँकेका डिएसपी नाराण डाँगीले नेपालगन्जका मसाज सेन्टरहरुलाई निगरानीमा राखेको बताए । डिएसपी डाँगीले सेतोखरीसँग टेलिफोनमा भने ‘सुन्नमा आएको छ, हामीले निगरानीमा राखेका छौं वडा प्रहरीले पनि गरिरहेको छ ।’