सन्दर्भ : नेपालगन्ज उद्योग बाणिज्य संघको निर्वाचन
नेपालगन्ज १९ साउन : नेपालगन्ज उद्योग बाणिज्य संघको अध्यक्ष पदका उम्मेद्वार ललित रौनियारको दर्ता न. १ रहेको छ । शुक्रवार उम्मेद्वारी दर्ता भएपछि रौनियारको दर्ता न. १ हुन आएको हो ।
आगामी भदौ २ गते हुने निर्वाचनका लागि चुनावी प्रतिस्पर्धामा उत्रिएका दुवै प्यानलले शुक्रबार उम्मेद्वारी दर्ता गराएका छन् । चुनावी प्रतिस्पर्धामा ललित रौनियारको नेतृत्वमा साझा प्रजातान्त्रिक प्यानल र टंक धामीको नेतृत्वमा समावेसी प्यानल उत्रिएका छन् ।
निर्वाचन समितिले प्राथमिकताका आधारमा उम्मेद्वारी दर्ता गर्ने निर्णय गरेपछि साझा प्रजातान्त्रिक समुह हिजो बिहिवार राती देखि नै व्यापार संघको कार्यालय गेटमा गएर बसेको थियो । उम्मेद्वारी दर्ताका लागि रातभर कुरेर साझा प्रजातान्त्रिक समुहले पहिलो नम्बरमै उम्मेद्वारी दर्ता गराउन सफल भएको हो ।
अगाडी उम्मेद्वारी दर्ता गराउँदापनि मतदानमा धेरै फरक पर्न जाने हुन्छ । त्यसैगरी समावेसी समुहले पनि आफ्नो सबै उम्मेद्वारी दर्ता गराएको छ ।
बिपदका बेला सत्ता होइन, नागरिक जोगाउनु सरकारको पहिलो धर्म हो : बासना थापा
प्रचण्डको प्रश्न: जेन-जीले खोजेको परिवर्तन कहाँ पुग्यो?
एमालेले फेरि भन्यो, ‘भदौ २४ इतिहासकै कालो अध्याय’
सामाजिक सञ्जालमा बाँके एमालेको ‘निगरानी’ अशिष्ट टिप्पणी बुलेटिनमा छापिने
‘जेनजी विद्रोहको भावना पूरा नभए दुई तिहाइ सरकार फेरि पनि टिक्दैन’
यो सरकार जेनजीको भावना होइन, ‘हाइज्याक’ गरिएको हो: शंकर पोखरेल