ललित रौनियारको दर्ता न. १

सन्दर्भ : नेपालगन्ज उद्योग बाणिज्य संघको निर्वाचन


सेतोखरी सेतोखरी   शुक्रबार, साउन १९, २०८०
ललित रौनियारको दर्ता न. १

नेपालगन्ज १९ साउन : नेपालगन्ज उद्योग बाणिज्य संघको अध्यक्ष पदका उम्मेद्वार ललित रौनियारको दर्ता न. १ रहेको छ । शुक्रवार उम्मेद्वारी दर्ता भएपछि रौनियारको दर्ता न. १ हुन आएको हो ।
आगामी भदौ २ गते हुने निर्वाचनका लागि चुनावी प्रतिस्पर्धामा उत्रिएका दुवै प्यानलले शुक्रबार उम्मेद्वारी दर्ता गराएका छन् । चुनावी प्रतिस्पर्धामा ललित रौनियारको नेतृत्वमा साझा प्रजातान्त्रिक प्यानल र टंक धामीको नेतृत्वमा समावेसी प्यानल उत्रिएका छन् ।
निर्वाचन समितिले प्राथमिकताका आधारमा उम्मेद्वारी दर्ता गर्ने निर्णय गरेपछि साझा प्रजातान्त्रिक समुह हिजो बिहिवार राती देखि नै व्यापार संघको कार्यालय गेटमा गएर बसेको थियो । उम्मेद्वारी दर्ताका लागि रातभर कुरेर साझा प्रजातान्त्रिक समुहले पहिलो नम्बरमै उम्मेद्वारी दर्ता गराउन सफल भएको हो ।
अगाडी उम्मेद्वारी दर्ता गराउँदापनि मतदानमा धेरै फरक पर्न जाने हुन्छ । त्यसैगरी समावेसी समुहले पनि आफ्नो सबै उम्मेद्वारी दर्ता गराएको छ । 
 

Kids Festival 2022
kanti aarogya hospital