नेपालगन्ज ३१ साउन : मख्खन धामी हराएका भने होइनन् । उनी न कहिं गएका नै छन् । हरेक दिन बिहानदेखि बेलुकासम्म धामी प्रचारमा हिंडेकै छन् । भदै २ गते हुने नेपालगन्ज उद्योग बाणिज्य संघको चुनावमा धामी कोषाध्यक्ष पदमा उम्मेद्वार उठेका छन् । व्यापारीको हकहितका निम्ती धामी जस्तो व्यक्तीको आवश्यक भएको भन्दै चुनावमा जिताउन नेपालगन्जले यतिखेर धामीलाई खोजिरहेको छ ।
सामाजिक संजाल तथा नेपालगन्ज बजारमा धामीकै प्रचारले ढोल पिटेको छ । नेपालगन्जका व्यापारीले भन्दैछन् यतिखेर मख्खन धामीलाई जिताउँ । मख्खन धामी नेपालगन्जका एक सफल युवा व्यवसायी हुन् । विगत २० बर्षदेखि साविकको मध्य र सुदूरपश्चिममा खाद्यान्न पुर्याउँदै आएका छन् ।
निकिता इन्टरप्राइजेजका सञ्चालक धामीको खाद्यान्नको थोक विक्रेता रहेको छ । तपाई हामीले खाने तेल, चना, मटर उनै धामीले ल्याइपुर्याएको हो । खरो स्वभाव र कसैलाई केहि समस्या परे तुरुन्तै पुग्ने धामीको बिशेषता हो ।
बुवा हंश बहादुर बुढा र आमा ललितरा धामीको कोखबाट वि.स. २०३९ साल भदौ ११ गते जन्मिएका मख्खन प्रष्टवक्ता छन् । हक्की स्वभावका उनी आफ्नो जिम्मेवारी र बाचालाई पूरा गर्न सक्ने क्षमताका युवा व्यवसायी हुन् ।
नेपालगन्ज वितरक संघका महासचिव, नेपालगन्ज खाद्य तथा किराना व्यवसायी संघको कार्यसमिति, लायन्स क्लव अफ नेपालगन्जका अध्यक्ष, सामुदायिक प्रहरी सेवा केन्द्र बाँकेका कार्यसमिति सदस्य, नेपाल रेडक्रस सोसाइटीको आजीवन सदस्य समेत भइसकेका धामी सामाजिक सेवामा क्रियाशीलसँगै राजनीतिमा पनि उत्तिकै अब्बल छन् ।
महेन्द्र बहुमुखि क्याम्पसका पूर्व स्ववियु सदस्य, बर्दिया नेपालगन्ज सम्पर्क समितिका पूर्व सभापति भइसकेका धामी रेडियो सदभावका बोर्ड अफ डाइरेक्टर पनि छन् । समाज शास्त्रमा वि.ए. गरेका धामी विभिन्न संघसंस्थाबाट सम्मानित भइसकेका छन् । राष्ट्रिय तथा अन्तराष्ट्रिय व्यापारबारे समेत जानकार उनी अहिलेसम्म दुवई, थाइल्याण्ड, चीन, इन्डोनेसिया लगायतका देशको भ्रमण समेत गरिसकेका छन् ।
आत्म विश्वास, लगनशीलताबाटै सफलता प्राप्त हुन्छ भन्ने विश्वास लिने सहयोगी र मनकारी धामी चुनाव जितेपछि नेपालगन्जका उद्योगी व्यवसायीको हकहितका लागि अहोरात्र खटिने बताउँछन् । भनिन्छ नि, आँट र आकांक्षा हुनेहरु सीमित आकाशमा रमाउन सक्दैनन् र उनीहरुलाई धेरै पर अवसर तथा सम्भावनाको फराकिलो क्षितीज छ भन्ने पूर्वानुमान हुने गर्छ । सायद त्यस्तै आभास भएको हुनुपर्छ र त नेपालगन्जमा उनी सफल व्यवसायका रुपमा चिनिन्छन् ।