२६ लाख नगद सहित अधिकृत नेपालगन्जबाट पक्राउ, पौडेल फरार 


सेतोखरी सेतोखरी   सोमबार, भदौ २५, २०८०
२६ लाख नगद सहित अधिकृत नेपालगन्जबाट पक्राउ, पौडेल फरार 

नेपालगन्ज २५ भदौ : एक सरकारी अधिकृत ठुलो परिमाणमा नगद सहित पक्राउ परेका छन् भने अर्का अधिकृत भाग्न सफल भएका छन् । 
आन्तरिक राजस्व कार्यालय तुलसीपुर दाङमा कार्यरत अधिकृत खगेन्द्र सापकोटालाई बाँके प्रहरीले २६ लाख नगद रुपैयाँसहित पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय बाँकेका डिएसपी नायाण डाँगीका अनुसार, काठमाण्डौं जान लागेका अधिकृत सापकोटा नेपालगन्ज विमानस्थलबाट आज विहान सोमबार पक्राउ परेका हुन् ।
चेकजाँच गर्नेक्रममा राजस्वका अधिकृत सापकोटा र अर्का अधिकृत दिपक पौडेलको साथबाट २६ लाख नगद बरामद भएको विमानस्थल प्रहरीले सतोखरीलाई जानकारी दियो । २६ लाख नगद नै बोकेर लग्न लागेको हुनाले उक्त रकम घुष खाएको हुन सक्ने प्रहरीले आशंका गरेको छ ।
यति ठुलो रकम भेटिएपछि अधिकृत सापकोटालाई प्रहरीले नियन्त्रणमा लिन सफल भयो भने अर्का अधिकृत पौडेल भने भाग्न सफल भएका छन् ।
अधिकृत दुवै जना बिहानको ८ः ४५ बजेको श्री एयरको उडान मार्फत नेपालगन्जबाट काठमाडौं जान लागेका थिए । 
पक्राउ परेका सापकोटालाई अहिले जिल्ला प्रहरी कार्यालय बाँकेमा राखिएको छ । बरामद भएको रकमको स्रोतबारे प्रहरीले अनुसन्धान गरिरहेको छ । पैसा र सापकोटालाई जिल्ला प्रहरी कार्यालय बाँकेमा राखिएको छ ।

Kids Festival 2022
kanti aarogya hospital