नेपालगन्ज २५ भदौ : एक सरकारी अधिकृत ठुलो परिमाणमा नगद सहित पक्राउ परेका छन् भने अर्का अधिकृत भाग्न सफल भएका छन् ।
आन्तरिक राजस्व कार्यालय तुलसीपुर दाङमा कार्यरत अधिकृत खगेन्द्र सापकोटालाई बाँके प्रहरीले २६ लाख नगद रुपैयाँसहित पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय बाँकेका डिएसपी नायाण डाँगीका अनुसार, काठमाण्डौं जान लागेका अधिकृत सापकोटा नेपालगन्ज विमानस्थलबाट आज विहान सोमबार पक्राउ परेका हुन् ।
चेकजाँच गर्नेक्रममा राजस्वका अधिकृत सापकोटा र अर्का अधिकृत दिपक पौडेलको साथबाट २६ लाख नगद बरामद भएको विमानस्थल प्रहरीले सतोखरीलाई जानकारी दियो । २६ लाख नगद नै बोकेर लग्न लागेको हुनाले उक्त रकम घुष खाएको हुन सक्ने प्रहरीले आशंका गरेको छ ।
यति ठुलो रकम भेटिएपछि अधिकृत सापकोटालाई प्रहरीले नियन्त्रणमा लिन सफल भयो भने अर्का अधिकृत पौडेल भने भाग्न सफल भएका छन् ।
अधिकृत दुवै जना बिहानको ८ः ४५ बजेको श्री एयरको उडान मार्फत नेपालगन्जबाट काठमाडौं जान लागेका थिए ।
पक्राउ परेका सापकोटालाई अहिले जिल्ला प्रहरी कार्यालय बाँकेमा राखिएको छ । बरामद भएको रकमको स्रोतबारे प्रहरीले अनुसन्धान गरिरहेको छ । पैसा र सापकोटालाई जिल्ला प्रहरी कार्यालय बाँकेमा राखिएको छ ।
जेनजी हुँ भन्दै महिला प्रहरीमाथि हातपात गर्ने युवक पक्राउ
डाेल्पाका बस्ती नजिकै देखिनथाले हिउँ चितुवाहरू (भिडिओसहित)
कालै चस्मा लाएर सांसदहरूलाई जवाफ दिनेछन् बालेनले
नेपालगन्जका ‘स्पा’हरूमा बालिका, सातजनाको उद्धार, तीन सञ्चालक पक्राउ
प्रधानमन्त्रीको निजी भ्रमणमाथि हर्क राईको प्रश्न : ‘के खान जानुभएको ?’
‘टीकापुर काण्ड’को सत्य लुकाइरहेको राज्य