डाक्टर राजन पाण्डे राष्ट्रीय स्वतन्त्र पार्टी (घण्टी) मा प्रवेश


सेतोखरी सेतोखरी   शनिबार, असोज १३, २०८०
डाक्टर राजन पाण्डे राष्ट्रीय स्वतन्त्र पार्टी (घण्टी) मा प्रवेश

नेपालगन्जमा पार्टी प्रवेश लगतै राष्ट्रीय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेसँगै डाक्टर राजन पाण्डे । तस्विर : सेतोखरी

अस्ट्रेलिया  १३ असोज : डाक्टर राजन पाण्डे राष्ट्रीय स्वतन्त्र पार्टी (घण्टी) मा प्रवेश गरेका छन् । राष्ट्रीय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने नेपालगन्ज आएको बेला शनिबार एक कार्यक्रमका बिच डा. पाण्डे राष्ट्रीय स्वतन्त्र पार्टीमा प्रवेश गरेका हुन् ।

भेरी अस्पतालमा कार्यरत डा. पाण्डे बरिष्ठ कन्सल्टेण्ट फिजिसियन हुन् । डा. पाण्डेलाई राष्ट्रीय स्वतन्त्र पार्टीका अध्यक्ष लामिछानेले स्वागत गरेका छन् । 

देशलाई सहि दिशामा हिंडाउने नेपालमा यहि राष्ट्रीय स्वतन्त्र पार्टी भएकोले आफु प्रवेश गरेको डाक्टर पाण्डेले सेतोखरीसँग बताए । डा. पाण्डे नेपालमै नामकहलिएका डाक्टर हुन् । डा. पाण्डे लगायत शनिवार नेपालगन्जमा थुप्रै राष्ट्रीय स्वतन्त्र पार्टीमा प्रवेश गरेका छन् ।