नेपालगन्ज ः सरकारी पत्रिका गोरखापत्र राष्ट्रिय दैनिकमा भुँइचालो गएको छ । शनिबार प्रकाशित गोरखापत्र दैनिकको अंकको सर्वत्र आलोचना भएपछि गोरखापत्र भित्र भुँइचालो गएको हो । जसका कारण अध्यक्ष मण्डलको टिम र सम्पादकिय टिम बिच ठुलो विवाद र्सिजना भएको छ ।
गोरखापत्रमा प्रहरीको गोलीबाट २ जना युवा काठमाण्डौंमा मारिएको समाचारलाई मिनिमाइज गरेर माओवादी पार्टीका ३ वटा समाचार प्रथम पृष्ठमा छापिएपछि गोरखापत्र संस्थान भित्रै हलचल मच्चिएको छ ।
संस्थान भित्रै एकआपसमा असमझदारी र एकले भनेको अर्कोले नमान्ने र शनिबारको गोरखापत्रको अंकलाई माओवादी पार्टीको मुख पत्र जस्तो बनाइदिएपछि गोरखापत्र भित्रै एकआपसमा खिचातानी र विवाद उत्पन्न भएको गोरखापत्र स्रोतले जनाएको छ ।
गोरखापत्र संस्थानका कार्यकारी अध्यक्ष तथा बरिष्ठ पत्रकार विष्णु सुवेदीले शनिवार सामाजिक संजाल फेसबुकमा स्टाटस लेखेर गल्ती भएको बताएका छन् । अध्यक्ष सुवेदीले शनिबारको गोरखापत्रको अंकमा आफुहरुबाट भुल र कमजोरी भएको स्विकारेका छन् ।
उनले सम्पादकिय टिमको नियतवस यस्तो घटना हुन पुगेको औंल्याएका छन् । संस्थानका अध्यक्ष भएपनि ३ दशक लामो पत्रकारिता गरिसकेका अध्यक्ष सुवेदी सम्पादकको भुमिका पनि निभाइसकेका छन् । शनिबार प्रकाशित गोरखापत्रका अंकमा सरकारको गल्ती लुकाउँदै माओवादीमय बनाइएपछि अध्यक्ष सुवेदीले सम्पादकिय टिमलाई बोलाएर झ्याको झारेका छन् ।
शुक्रबारको अत्यस्तै संवेनशील घटनालाई जुन महत्व र प्राथमिकताका साथ सम्प्रेषन गर्नु पर्ने थियो, त्यसमा पक्कै पनि हामीबाट भुल र कमजारी भएको छ । अध्यक्ष सुवेदीले लेखेका छन् ‘हामी भित्रैको अति स्वनियन्त्रणको रोगले पनि बेलाबखत यस्तो अवस्था उत्पन्न हुने गरेको छ । आगामी दिनमा यस्ता गम्भिर प्रकृतिका भुल र कमजोरी नदोहोरयाउन सम्पादकीय नेतृत्वलाई सचेत गराइएको छ ।’
उनले फेसबुकमा खेख्दै राज्यप्रतिको जिम्मेवारीमा सचेत रहँदै नागरिक जवाफदेहितालाई ख्याल गर्दै व्यवसायिक चरित्र कायम राख्ने सक्दो प्रयास गरिरहेको बताएका छन् ।
जेनजी हुँ भन्दै महिला प्रहरीमाथि हातपात गर्ने युवक पक्राउ
डाेल्पाका बस्ती नजिकै देखिनथाले हिउँ चितुवाहरू (भिडिओसहित)
कालै चस्मा लाएर सांसदहरूलाई जवाफ दिनेछन् बालेनले
नेपालगन्जका ‘स्पा’हरूमा बालिका, सातजनाको उद्धार, तीन सञ्चालक पक्राउ
प्रधानमन्त्रीको निजी भ्रमणमाथि हर्क राईको प्रश्न : ‘के खान जानुभएको ?’
‘टीकापुर काण्ड’को सत्य लुकाइरहेको राज्य