गोरखापत्रमा गयो भुँइचालो, अध्यक्ष सुवेदीले भने ‘भुल र कमजोरी भयो’


सेतोखरी सेतोखरी   शनिबार, पुस १४, २०८०
गोरखापत्रमा गयो  भुँइचालो, अध्यक्ष सुवेदीले भने ‘भुल र कमजोरी भयो’

 
नेपालगन्ज ः सरकारी पत्रिका गोरखापत्र राष्ट्रिय दैनिकमा भुँइचालो  गएको छ । शनिबार प्रकाशित गोरखापत्र दैनिकको अंकको सर्वत्र आलोचना भएपछि गोरखापत्र भित्र भुँइचालो  गएको हो । जसका कारण अध्यक्ष मण्डलको टिम र सम्पादकिय टिम बिच ठुलो विवाद र्सिजना भएको छ । 

गोरखापत्रमा प्रहरीको गोलीबाट २ जना युवा काठमाण्डौंमा मारिएको समाचारलाई मिनिमाइज गरेर माओवादी पार्टीका ३ वटा समाचार प्रथम पृष्ठमा छापिएपछि गोरखापत्र संस्थान भित्रै हलचल मच्चिएको छ । 

संस्थान भित्रै एकआपसमा असमझदारी र एकले भनेको अर्कोले नमान्ने र शनिबारको गोरखापत्रको अंकलाई माओवादी पार्टीको मुख पत्र जस्तो बनाइदिएपछि गोरखापत्र भित्रै एकआपसमा खिचातानी र विवाद उत्पन्न भएको गोरखापत्र स्रोतले जनाएको छ ।

गोरखापत्र संस्थानका कार्यकारी अध्यक्ष तथा बरिष्ठ पत्रकार विष्णु सुवेदीले शनिवार सामाजिक संजाल फेसबुकमा स्टाटस लेखेर गल्ती भएको बताएका छन् । अध्यक्ष सुवेदीले शनिबारको गोरखापत्रको अंकमा आफुहरुबाट भुल र कमजोरी भएको स्विकारेका छन् ।

Kids Festival 2022
kanti aarogya hospital

उनले सम्पादकिय टिमको नियतवस यस्तो घटना हुन पुगेको औंल्याएका छन् । संस्थानका अध्यक्ष भएपनि ३ दशक लामो पत्रकारिता गरिसकेका अध्यक्ष सुवेदी सम्पादकको भुमिका पनि निभाइसकेका छन् । शनिबार प्रकाशित गोरखापत्रका अंकमा सरकारको गल्ती लुकाउँदै माओवादीमय बनाइएपछि अध्यक्ष सुवेदीले सम्पादकिय टिमलाई बोलाएर झ्याको झारेका छन् । 

शुक्रबारको अत्यस्तै संवेनशील घटनालाई जुन महत्व र प्राथमिकताका साथ सम्प्रेषन गर्नु पर्ने थियो, त्यसमा पक्कै पनि हामीबाट भुल र कमजारी भएको छ । अध्यक्ष सुवेदीले लेखेका छन् ‘हामी भित्रैको अति स्वनियन्त्रणको रोगले पनि बेलाबखत यस्तो अवस्था उत्पन्न हुने गरेको छ । आगामी दिनमा यस्ता गम्भिर प्रकृतिका भुल र कमजोरी नदोहोरयाउन सम्पादकीय नेतृत्वलाई सचेत गराइएको छ ।’ 

उनले फेसबुकमा खेख्दै राज्यप्रतिको जिम्मेवारीमा सचेत रहँदै नागरिक जवाफदेहितालाई ख्याल गर्दै व्यवसायिक चरित्र कायम राख्ने सक्दो प्रयास गरिरहेको बताएका छन् ।