पार्लर जानुस् स्वदेश र विदेशमा पैसा कमाउनुस्


सेतोखरी सेतोखरी   आइतबार, पुस २९, २०८०
पार्लर जानुस् स्वदेश र विदेशमा पैसा कमाउनुस्

नेपालगन्ज २९ पुष : देशको आर्थिक अवस्था झन झन खस्कदो छ । आम्दानी घट्दो छ । आर्थिक अवस्थाले मान्छेहरुलाई पिरोलीरहेको छ । त्यसैले कतिपय महिलाहरु आफ्नै देशमा सानोतिनो केही गरेर जिविकोपार्जन गर्न चाहन्छन् भने कतिपय महिलाहरु रोजगारीका लागि विदेश जान चाहन्छन् ।

जुनसुकै कामका लागि पनि चाहिन्छ सिप । अहिलेको जमानामा आफुसँग सिप छ त सबै छ, सिप छैन त केही छैन । जो सँग सिप छ उसले स्वदेश होस् या विदेशमा सजिलै रोजगारी पाउँछ र पैसा पनि धेरै कमाउन सक्छ ।
महिलाहरुका लागि सबै भन्दा उपयुक्त रोजगारी हो व्युटी पार्लर । स्वदेश वा विदेश जहाँ पनि यसको माग धेरै छ । अमेरिका, क्यानडा, अष्ट्रेलिया जाने हुन् या दुवै, मलेसिया, कतार जाने महिला हुन् व्युटी पार्लर तालिम लिएर गएको छ भने सजिलै रोजगारी पाउँछन् र पारिश्रमिक (डलर) पनि बढी पाउँछन् । नत्र भौंतारिदै बेरोजगार भएर बस्नु पर्ने अवस्था आउछ ।

त्यसैले नेपालगन्जमा गुड न्यू आइटिसीले महिलाहरुले रोजगारी सजिलै पाउन् र आर्थिक अवस्था माथि उकास्न मद्दत पुगोस भनेर विभिन्न लेभलको पार्लर तालिम संचालन गरेको छ । नेपालगन्जको सेतु विक चोक उत्तर तर्फ रहेको गुड न्यू आइटिसीले २ हजार भन्दा बढीलाई व्युटी पार्लर तालिम दिइ सकेको छ । 

गुड न्यू आइटिसीकी म्यानिजिङ् डाइरेक्टर गिता भण्डारीले महिलाहरुलाई आत्मनिर्भर बनाउन र आर्थिक अभावको सामना गर्नु नपरोस भनेर पार्लर सम्बन्धि विभिन्न खाले तालिम संचालक गरेको बताइन् ।

Care City
kanti aarogya hospital
Health Care Clinic Nepalgunj

म्यानिजिङ् डाइरेक्टर भण्डारीले गुड न्यू आइसिटीबाट दक्ष जनशक्ति उत्पादन हुने भएकोले यहाँबाट तालिम लिएकाहरुले स्वदेश होस् वा विदेशमा सजिलै रोजगारी पाउने गरेको जानकारी दिइन् । 

एमडी भण्डारीले यस इन्स्टिच्युटबाट तालिम लिएकाहरु जापान, अमेरिका, पोल्याण्ड, अष्ट्रेलिया, क्यानडा, दुवै, कतार लगायतका देशमा गएर मनग्य पैसा कमाइरहेको बताइन् । ‘हामी तालिममा कम्प्रोमाइज गर्दैनौ गुणस्तरिय तालिम दिन्छौं र दक्ष जनशक्ती उत्पादन गर्दछौं ।’ एमडी भण्डारीले सेतोखरीसँग भनिन् ‘यहाँबाट तालिम लिनु भएका महिला दिदी बहिनीहरुले कसैले नेपालमा आफै पार्लर खोल्नु भएको छ, कसैले नेपालमै अरुको पार्लरमा काम पाउनु भएको छ, विदेश जानेहरु त झन धेरै हुनुहुन्छ ।’ 

उनका अनुसार, यस गुड न्यू आइटिसीमा बेसिक कोर्ष, डिप्लोमा कोर्ष, स्पेशल कोर्ष र विदेश जानेहरुका लागि सर्ट कोर्षको तालिम संचालन भइरहेको छ । उक्त तालिमहरु लेभल प्रशिक्षकहरुले दिने गर्दछन् । 

साथै गुड न्यू आइटिसीमा स्किनको उपचार, कपाल सम्बन्धिको उपचार, नेल आर्ट, एस्थेटिक उपचार पनि गर्ने गरिएको छ ।