राखेपले नेपालगन्जका दिपेन्द्र विष्टलाई तोक्यो संयोजक


सेतोखरी सेतोखरी   शुक्रबार, माघ १२, २०८०
राखेपले नेपालगन्जका दिपेन्द्र विष्टलाई तोक्यो संयोजक

नेपालगन्ज १२ माघ : राष्ट्रिय खेलकुद परिषद्ले नेपालगन्जका दिपेन्द्र विष्टलाई संयोजक तोकेको छ । जताततै भौतिक संरचनाहरु अस्तव्यस्त भइरहेकाले त्यसको सम्पूर्ण जिम्मेवारीका लागि विष्टलाई राखेपले संयोजक तोकेको हो ।

राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङ्ले शुक्रबार विज्ञप्ती जारी गरि विष्टको संयोजकत्वमा समितिनै गठन गरेका छन् । राखेपका सदस्य समेत रहेका विष्टलाई विश्वास गरी सदस्य सचिव घिसिङ्ले यति ठुलो जिम्मेवारी सुम्पेका हुन् ।

खेलकुद पूर्वाधार नीति संवाद २०७९ मा निकालिएको निचोड अनुरुप संभावित संरचनाहरुको पहिचान गर्न राखेप अन्र्तगत साविकको क्षेत्र तथा जिल्लामा अवस्थित भौतिक पूर्वाधारहरुको अध्ययन निरिक्षण गर्न राखेपले विष्टलाई संयोजक तोकी खटाएको छ ।

विज्ञप्ती अनुसार संयोजक विष्टले कार्यक्षेत्रको परिधी भित्र रहि प्रदेश सरकार, स्थानिय सरकार तथा खेलकुदसंग सरोकार राख्ने पक्षसंग समन्वय तथा सम्वाद गरी २१ ीदन भित्र परिषद्मा प्रतिवेदन पेश गर्नु पर्ने छ । 

Kids Festival 2022
kanti aarogya hospital

राखेपले लुम्बीनी प्रदेशको भौतिक पूर्वाधार अध्ययन र वर्गीकरण समिति गठन गरेको जनाएको छ । सदस्यमा साविक मध्यपश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समितिका अधिकृत महेश चन्द सदस्य र समितिका इन्जिनियर चिरन्जिवी लम्साल सदस्य रहेका छन् ।