नेपालगन्ज ९ चैत्रः नेपालगन्जमा पहिलोपटक मोटरबोट सञ्चालनमा आएको छ ।
नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर–१ मा रहेको वाटरपार्कमा पर्यटन प्रवर्द्धनका लागि मोटरबोट सञ्चालनमा ल्याइएको हो ।
नेपालगन्ज उपमहानगरपालिकाका मेयर प्रशान्त विष्टले मोटरबोट सञ्चालनमा आएसँगै वाटरपार्क क्षेत्रमा पर्यटकहरुको आवागमन बढ्ने विश्वास व्यक्त गरे । वाटरपार्कमा पर्यटकलाई आकर्षण गर्ने अन्य पुर्वाधार बनाउने योजना पनि रहेको उनले सुनाए ।
उपमहानगरपालिकाका प्रवक्ता एवम् वडा नम्बर–१ का वडाअध्यक्ष प्रमोद रिजालले पर्यटन प्रवर्द्धनका लागि ‘बोरेबोटा’ नामक कम्पनीलाई १० वर्षका लागि ठेक्का दिइएकोमा कम्पनीले मोटरबोट सञ्चालन गरेको हो । मोटरबोटसँगै कम्पनीले माछा पालन, रेष्टुरेन्ट पनि सञ्चालन गर्ने अनुमति पाएको प्रवक्ता रिजालले सुनाए । प्रारम्भिक चरणमा कम्पनीले २ वटा मोटरबोट ल्याएको छ ।
आवश्यकता अनुसार पछि मोटरबोट संख्या थपिने कम्पनीले जनाएको छ । ब्यवसायी प्रजुन गिरीले पर्यटन प्रवद्र्धनका लागि वाटरपार्कमा पर्यटकलाई भित्र्याउन मोटरबोट सञ्चालनसँगै निकट भविष्यमा क्याफे, रेष्टुरेन्ट पनि सञ्चालनमा ल्याइने बताए । हाललाई मोटरबोट चढे वापत प्रतिब्यक्ति २ सय ५० रुपैयाँ शुल्क तोकिएको छ ।
बिद्यार्थीको हकमा भने तत्कालका लागि १ सय रुपैयाँ तोकिएको गिरीले सुनाए । कम्पनीले बिहीबार नेपालगन्ज उपमहानगरपालिकाका मेयर प्रशान्त विष्टसहित जनप्रतिनिधि तथा सञ्चारकर्मीलाई वाटरपार्कमा बोलाएर मोटरबोटमा चढाएको थियो ।
डाेल्पाका बस्ती नजिकै देखिनथाले हिउँ चितुवाहरू (भिडिओसहित)
कालै चस्मा लाएर सांसदहरूलाई जवाफ दिनेछन् बालेनले
नेपालगन्जका ‘स्पा’हरूमा बालिका, सातजनाको उद्धार, तीन सञ्चालक पक्राउ
प्रधानमन्त्रीको निजी भ्रमणमाथि हर्क राईको प्रश्न : ‘के खान जानुभएको ?’
‘टीकापुर काण्ड’को सत्य लुकाइरहेको राज्य
गरिमाकाे चित्कार र राज्य हराएकाे त्याे पल