नेपालगन्ज होलीमय बन्दै


सेतोखरी सेतोखरी   शनिबार, चैत १०, २०८०
नेपालगन्ज होलीमय बन्दै

नेपालन्ज १० चैत्र : यस वर्षको फागु पूर्णीमा अर्थात होली चैत्र ११ र १२ गते मनाईदैछ । दुई दिन सम्म मनाइने यो चाडले नेपालगन्जलाई काखी च्यापीसकेकोछ । होली आउन अब दुईदिन मात्र बाँकी छ तर, नेपालगन्जका चोक-चोक तथा गलीमा होलीका सामाग्रीले भरिभराउँछन् । बालकदेखी बृद्धासम्म होलीको उमङ्गले छोइसकेकोछ । 

होली आउनु पूर्व नेपालगन्ज तथा आसपासका विद्यालय, कलेजहरुमा होलीले आफ्नो उपस्थिती जनाइसकेकोछ । होलीकै अवसरमा हुने विद्यालय र कलेज बन्दको पूर्वमा विद्यालय तथा कलेजबाट घर फर्केने विद्यार्थीहरु रगिन अनुहार लिएर फर्किएका थिए ।

दुई दिनसम्म मनाइने होली पर्व धार्मिक तथा साँस्कृतिक हिसाबमा महत्वपूर्ण चाडका रुपमा लिइएकोछ । यो चाड पछिल्लो समय हिन्दू धर्मावलम्बीहरु माझ मात्र सिमित भएन । अन्य धर्मवालम्बिहरुले पनि उत्तिकै चाख दिएर मनाउने गर्छन् । 

धार्मिक तथा साँस्कृतिक सद्भावसंग जोडिएको होली पर्वले बैमनस्यता, रिस, राग तथा मनमुटावलाई पनि तोड्ने काम गर्छ ।

Kids Festival 2022
kanti aarogya hospital

नेपालको पहाडी जिल्लामा होली चाड यहि चैत्र ११ गते मनाईदैछ भने त्यसको दोस्रो दिन तराईमा अर्थात चैत्र १२ गते फागु पूर्णीमा मनाइदैछ । दोस्रो दिन तराईमा मनाइने भएता पनि होलीले नेपालगन्जलाई छपक्क छोएकोछ । होली आउनु हप्तादिन अघिबाटै विभिन्न संघसस्थाहरुले आयोजना गरेका होलि विशेष कार्यक्रमले नेपालगन्जमा यसको उमङ्ग छाएकोछ ।

यसरी मनाउन थालियो होली

होली नेपाली तथा भारतीय हिन्दूहरूको प्रमुख चाड मध्ये एक हो । हिन्दू संस्कृतिमा यो चाड प्रत्येक वर्षको फागुन शुक्ल पुर्णीमा अर्थात होली पूर्णिमाको दिन मनाइन्छ । यो नेपाल, भारत तथा अन्य राष्टूमा रहेका हिन्दूहरूले समेत मनाउने गर्छन् ।

यसको धार्मिक विश्वास तथा मान्यता छ । त्रेता यूगमा भगवान विष्णुका परमभक्त प्रह्लादसंग होलीलाई जोडेर हेरिन्छ । हिरणयकश्यपका पुत्र प्रह्लादलाई उनको आफ्नै फुपु होलीकाले आगोमा भष्म पार्न लाग्दा होलीका स्वयम आगोमा भष्म भएकी थिइन र त्यही दिनदेखि होलीका चाड मनाउन थालिएको हो । 

असत्यमाथि सत्यको विजयका रुपमा यसलाई मनाइन्छ । रङ्गहरुको चाड होली होली रङ्गहरूको चाड हो । होलीको दिन मानिसहरूले एक अर्कामाथि विभिन्न प्रकारका रङ्गहरू हालेर एक अर्कालाई रङ्गिन बनाउँछन् । 

होली पर्व मनाउनुको पौराणिक कारण र ईतिहास छ । होली खेल्ने दिन भन्दा एक दिन पहिला राती होलीका दहन गरिन्छ । राती होलीका दहन गरिसकेपछि बिहान पानीमा रङ्ग घोलेर एक अर्कामाथि छ्याप्ने चलन छ । साना बालबालिकादेखि बृद्ध(बृद्धाले होलीको मजा लिनेगर्छन् । 

युवा-युवतीहरू गीत गाउँदै-नाच्दै होली खेल्छन् । भनिन्छ कि होलीको दिन पुरानो कटुता समाप्त गरेर, दुस्मनी बिर्सेर मान्छे एक(अर्कासित मिल्छन् । यस पर्वलाई फागुनको महिनामा मनाउने भएकाले यसलाई फगुआ पनि भन्ने गरिन्छ । होली चाड घरपरिवार(साथीभाइ आपसमा रङमा रङ्गिएर उल्लासपूर्वक मनाउने फागुन पुर्णीमाको अवसरमा पहाडदेखि तराई र गाउँदेखि सहरसम्मका केटाकेटी, युवायुवती तथा प्रौढहरूका हूल तथा जत्थाहरू हातमा रङ र रङ्गीन घोल पदार्थ लिएर गाउँदै, बजाउँदै, रमाइलो र होहल्ला गर्दै आपसी रिसईबीलाई बिर्सेर उत्साह र उमङ्गका साथ मनाइने रङ्गीन पर्वको रूपमा लिइन्छ ।