५ अर्ब लागतमा चिसापानी–राजकाँडा केवलकार निर्माण सुरु


सेतोखरी सेतोखरी   सोमबार, वैशाख ३, २०८१
५ अर्ब लागतमा चिसापानी–राजकाँडा केवलकार निर्माण सुरु

नेपालगन्ज ३ वैशाख : कैलालीको चिसापानीदेखि राजकाँडासम्मको जालपादेबी केबलकार आयोजनाको निर्माणको पहिलो चरणको काम सुरु भएको छ । नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रिय अध्यक्ष चन्द ढकालले कैलालीको चिसापानी स्थित आयोजनाको निर्माण स्थलमा पुजापाठ गरेर निर्माण कार्यको शुभारम्भ गरेका हुन् ।

शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले सुदूरपश्चिम क्षेत्रको पर्यटन प्रर्बद्धन गर्ने उद्देश्यका लागि केबुल कार निर्माणको काम सुरु गरिएको बताए । कर्णाली नदीको चिसापानी पुल नजिकै रहेको आयोजना स्थलबाट कर्णाली नदी, जालपादेबी, काल भैरव, कालिका देबी, कैलाशधाम लगायतका धार्मिक स्थल, हात्ती ढुंगालगायत पर्यटकीय स्थलको अवलोकनका गर्न सकिने छ ।  

आठ वर्षको निरन्तरको प्रयासपछि निर्माण कार्य सुरु गर्न अवस्थामा आइपुगेको बताउँदै अध्यक्ष ढकालले आगामी २ वर्षमा निर्माण कार्य सम्पन्न गर्ने लक्ष्यका साथ काम  सुरु गरिएको बताए । आइएमइ गु्रपको प्रत्येक प्रदेशमा कम्तीमा एउटा पर्यटकीय पुर्वाधार निर्माण गर्ने लक्ष्यका साथ सुदूरपश्चिम प्रदेशको प्रदेशद्वारको रुपमा रहेको कर्णाली चिसापानीमा केबुलकार निर्माण कार्य सुरु गर्न लागिएको हो ।

केबुलकार कम्पनीको आम्दानीको २ प्रतिशत स्थानीय सरकारलाई उपलब्ध गराउने बताउँदै अध्यक्ष ढकालले केबुलकार निर्माणपछि  पर्यटन प्रर्वद्धन र रोजगारीका अवसर सृजना भई स्थानीय बासिन्दाहरु लाभावन्तित हुने छन् । संकलन हुने केबुलकार कम्पनीको मुख्य लागनीकर्ता आइएमइ गु्रप हो ।  

Kids Festival 2022
kanti aarogya hospital

करिब ५ अर्बको लागनीमा निर्माण सुरु हुन लागेको केबलकारको लम्बाई ३ दलमलब १ किलोमिटर रहेको छ । केबलुकारमा १५ वटा टावर हुने छन् । आठ जना क्षमताका ३४ वटा बक्स (गोन्डाला) रहने छन्, र यात्रा अवधि करिब १० मिनेट हुनेछ । केबलकारको क्षमता दैनिक ६ हजार जना रहेको छ ।

केबुलकार निर्माणका लागि आवश्यक पर्ने उपकरणहरु अष्ट्र«ेलियाको डोप्लन मेयर कम्पनीबाट ल्याइनेछ । केबुलकारको निर्माण कार्यसंगै चिसापानीमा ५० बेड क्षमता र राजकाडामा एक सय बेड क्षमताका होटेल र सभाहलहरु निर्माण गरिने छ ।

आयोजना स्थलमा पर्ने रुख काटेर निर्माण कार्य सुरु गरिएको हो । आयोजना स्थलमा १८ सय ६६ वटा रुखहरु रहेका छन् । केबुलकार सञ्चालनका लागि एक सय विगाहा क्षेत्रफल कम्पनीको नाममा नामसारी भइसकेको छ  ।

चिसापानी–राजकाँडा केवलकार निर्माणसंगै पर्यटकका लागि होमस्टे र रिसोर्ट पनि निर्माण गरिने योजना छ । आयोजनामा कैलालीका उद्यमी सूर्यबहादुर थापासहित स्थानीय केही ब्यवसायीहरूको सहभागिता रहेकोछ ।