कोहलपुरपमा खुल्यो कजरिया ब्राण्डको शोरुम 


सेतोखरी सेतोखरी   बुधबार, वैशाख ५, २०८१
कोहलपुरपमा खुल्यो कजरिया ब्राण्डको शोरुम 

कोहलपुर ५ वैशाख : भारतको नम्बर एक ब्राण्डको टायल कम्पनी कजरिया ब्राण्डको शो रुम बाँकेको कोहलपुरमा खुलेको छ । 

कोहलपुर हाइस्कुल नजिकै दुर्जया इन्टरनेशनलले करिब एक करोडको लागतमा कजरिया ब्राण्डको टायलको शोरुम सञ्चालनमा ल्याएको हो । करिब साढे १४ सय बर्ग फिट क्षेत्रमा रहेको कजरिया ब्राण्डको शो रुममा सबै साइजका टायलका अतिरिक्त ग्रिनाइट र स्नेटरीका ब्राण्डेड सामाग्रीहरु पनि सुपथ मूल्यमा उपलब्ध हुने दुर्जया इन्टरनेशनलका निर्देशक रबिन घिमिरेले बताए ।

शो रुम शुभारम्भ समारोहमा कजरियामा नेपाल सेल्स म्यानेजर, बिकास खनालले आगामी तीन महिना भित्रै कजरियाले रमेश कर्पाेरेसनसँगको ज्वाइन्ट भेन्चरमा नवलपरासी जिल्लाको बर्दघाटमा नयाँ उद्योग स्थापना गरेर कजरिया रमेश ब्राण्डका नामबाट टायल उत्पादन सुरू गर्न लागेको बताए ।

नेपाल मै उत्पादन सुरू भएपछि उपभोक्ताहरूले सहज रूपमा ब्राण्डेड टायल पाउन सक्ने उनले बताए । कम्पनीका डिस्प्ले म्यानेजर रुपक बस्नेत, एरिया सेल्स म्यानेजर बिमल ज्ञवाली, क्यारोबिटका नेपाल सेल्स म्यानेजर जयन्त अर्यालले शोरुम सञ्चालनमा आएपछि कोहलपुर लगायत पश्चिम नेपालका उपभोक्ताहरुले भारत कै नम्बर वान ब्राण्डको रुपमा रहेका कजरियाका टायल लगायतका सामाग्रीहरु सुपथ मूल्यमा सहज रुपमा पाउन सक्ने बताए । 

Kids Festival 2022
kanti aarogya hospital

शोरुम उद्घाटन समारोहमा कोहलपुर नगरपालिकाका मेयर पूर्णप्रसाद आर्चाय लगायत कोहलपुर क्षेत्रका उद्योगी ब्यवसायीहरुले दुर्जया इन्टरनेशनलका सञ्चालकहरुलाई कोहलपुरमा भब्य शोरुम खोलेर कारोबार शुभारम्भ गरेको बताउँदै शुभकामना दिएका थिए ।