नेपालगन्ज ५ वैशाख : गैरकानूनी रुपमा रकमको कारोबार गरेको आरोपमा बाँकेमा दुई युवक पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय बाँकेले नेपालगन्ज वडा नम्बर– १८ भाटभटेनी नजिकबाट उनीहरुलाई पक्राउ गरेको हो ।
केही व्यक्तिहरुले गैरकानूनी रुपमा मुद्रा विनिमय र क्रिप्टो करेन्सीको कारोबार गरेको भन्ने गोप्य सूचनाको आधारमा उनीहरुलाई पक्राउ गरेको प्रहरीले जनाएकोछ । योसंगै नेपालगन्जबाटै गैरकानूनी रुपमा मुद्रा विनिमय र क्रिप्टो करेन्सीको कारोबार हुने गरेको तथ्य बाहिर आएकोछ ।
दैनिक एक करोडसम्मको अवैध कारोबार गरेको कसुरमा नेपालगन्ज उपमहानगरपालिका – २० का अमृतकुमार बर्मा र जानकी गाउँपालिका–१ का रियाज खाँलाई प्रहरीले पक्राउ गरेको हो ।
बाँकेका जिल्ला प्रहरी प्रवक्ता डिएसपी नारायण डाँगीका अनुसार नेपालगन्ज उपमहानगरपालिका – १८ भाटभटेनी नजिक गैरकानूनी रुपमा मुद्रा विनिमय (क्रिप्टो करेन्सी) को कारोबार गरेको सूचना पाएलगत्तै खोजतलास गर्दा बर्मा र खाँलाई पक्राउ गर्न प्रहरी सफल भएको हो ।
पक्राउ परेका दुई जनाले दैनिक एक करोडसम्म गैरकानूनी रुपमा मुद्रा बिनिमय गरेको खुलेको डिएसपी डाँगीले बताए ।
उनीहरुलाई नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा ९५ बमोजिम कसुरमा मुद्दा चलाइएको छ । जिल्ला अदालतले उनीहरुलाई पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।
धेरैपछि बोले जीवी राई: मलाई थुनेर पैसा फिर्ता हुँदैन, नेपाल फर्किन चाहन्छु, रवीबारे के भने?
यस्तो बन्यो ‘बदलिएको काँग्रेस’ हाँक्ने टिम गगन
रास्वपाकाे निर्देशन: दसैं-तिहारमा ‘उपहार’ नलिनू, नदिनू
प्रधानमन्त्रीको दसैं शुभकामना: आफूभित्रको महिषासुर र रावणलाई चिन्न सकौँ
दसैं बजार: यसपालि गुल्जार भयो नेपालगन्ज, नेपाली उपभोक्ता नभएपछि पारितिर सुनसान
नेपाली क्रिकेटलाई अन्तर्राष्ट्रिय मान्यता, एनपिएल अब आईसिसीमा अभिलेख हुने