नेपालगन्ज ७ वैशाख : तीन वर्षदेखि सटर भाडा बुझाउन अटेरी गर्ने पाँच सटरमा नेपालगन्ज उपमहानगरपालिकाले ताला लगाएकोछ । नेपालगन्ज उपमहानगरपालिका सटर भाडामा लिएर सटर भाडा बुझाउन तीन वर्षदेखि अटेरी गर्ने पाँच सटरमा ताला लगाइएको हो ।
उपमहानगरपालिकाको उक्त पाँच वटा सटरबाट करिब २१ लाख ८५ हजार रकम राजस्व उठाउन बाँकी रहेको छ । नेपालगन्ज उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत ओमबहादुर खड्का, राजश्व शाखाका कर्मचारी, नेपाल प्रहरी, नगर प्रहरी, पसलका प्रतिनिधिहरूको उपस्थितिमा सटरमा ताला लगाइएको हो ।
ताला लगाइएका सटर धनीहरूलाई आफूले बुझाउन बाँकी रहेको रकम सात दिन भित्र बुझाउन समय दिएको राजश्व शाखाका अधिकृत दीपेन्द्र श्रेष्ठले जानकारी दिए । उनले भने, ‘सटरको राजस्व बुझाउन आनाकानी गर्ने, भाडा नबुझाउने सटरलाई सुरुमा कारबाही गरिएको हो । सात दिन भित्र उहाँहरूले तिर्नुपर्ने राजस्व बुझाउनु भयो भने ताला खोलिन्छ । तर सात दिनभित्र रकम नबुझाएको अवस्थामा नेपाल सरकारको प्रचलित कानुन अनुसार प्रक्रिया अगाडि बढाइन्छ ।’
नगरपालिकाले निर्माण गरेका सटर भाडा लिएकाहरूले तीन वर्षदेखि उपमहानगरलाई भाडा बुझाएका छैनन् । भाडा नबुझाउने सटरहरूको सङ्ख्या बढ्दै गएपछि उपमहानगरले कडाइ गर्दै गएको छ । यसअघि पनि समयमै भाडा नबुझाउने सटरधनीहरुलाई पटक–पटक पत्राचार गरिए पनि उनीहरूले शुल्क बुझाउन अटेरी गरेको अधिकृत श्रेष्ठको भनाइ छ ।
जनावरले खाने दाना मिसिएको भारतीय विस्कुट नेपालमा पनि प्रतिबन्ध
असोजको ‘वेष्ट पुलिस अफ द मन्थ’ दाङका एसपी श्रेष्ठलाई
रोल्पामा अटो खस्दा दुईजनाको मृत्यु, प्यूठान कारागारभित्रै मृत भेटिए कैदी
लुम्बिनीमा एक ‘भिक्षुणी’को अग्नी-परीक्षा
तन्नेरी पुस्ताकाे आवाज दबाउन खाेज्दा फ्रान्समा सल्किएकाे हिंसाकाे आगाे
चोलेन्द्र, दीपक र ईनमको जालो सुशील भट्टसम्म, अझैं कहाँसम्म पुग्ला?