नेपालगन्जका संस्थागत विद्यालयको अनुगमन


सेतोखरी सेतोखरी   मंगलबार, वैशाख ११, २०८१
नेपालगन्जका संस्थागत विद्यालयको अनुगमन

नेपालगन्ज १० वैशाख : नेपालगन्ज उपमहानगरपालिकाभित्र रहेका संस्थागत विद्यालयको शुल्क कार्यान्वयनको अवस्थाबारे अनुगमन शुरु गरिएकोछ ।

नेपालगन्ज उपमहानगरपालिका शिक्षा महाशाखा अन्तर्गतको टोलीले संस्थागत विद्यालयले तोकिएको शुल्क कार्यान्वय गरे-नगरेको अवस्था बारे अनुगमन शुरु गरेको हो ।

नेपालगन्ज उपमहानगरपालिकाले ‘क’, ‘ख’ र ‘ग’ गरी संस्थागत विद्यालयलाई तीन तहमा वर्गीकरण गरी शुल्क निर्धारण गरेको छ ।

सोफिया रेसिडेन्सियल स्कुल, आदर्श माध्यमिक विद्यालय र युनाइटेड एजुकेशनल एकेडेमीको मङ्गलबार अनुगमन गरेको शिक्षा महाशाखा प्रमुख गोर्खबहादुर थापाले जानकारी दिए ।

Kids Festival 2022
kanti aarogya hospital

यो पनि पढ्नुहोस् नेपालगन्जका विद्यालयहरुको वर्गीकरणसंगै तोकियो शुल्क

यस्तै अनुगमन टोलीले पाठ्यक्रम विकास केन्द्रले तोके बमोजिम पाठ्यपुस्तक लागु गरे÷नगरेको अवस्थाबारे पनि जानकारी लिएको थापाले बताए ।

नगरप्रमुख प्रशान्त विष्ट नेतृत्वको अनुगमन टोलीमा उपमेयर कमरुद्दिन राई, प्रमुख प्रशासकीय अधिकृत ओमबहादुर खड्का, शिक्षा महाशाखा प्रमुख थापा, शिक्षा अधिकृत लोकेन्द्र शाही तथा शिक्षा समिति सदस्यहरु गोकर्ण आचार्य, मनोजराजा श्रीवास्तव, रमेश श्रीवास्तव र विकास बज्राचार्यको सहभागिता थियो ।

अनुगमनकै क्रममा नगरप्रमुख विष्टले शैक्षिक सुधारका लागि नेपालगञ्ज उपमहानगरपालिका संवेदनशील रहेको भन्दै विद्यालयहरु नीति, नियमको पालना र दायित्वबोधप्रति गम्भीर हुनुपर्नेमा जोड दिए । मेयर विष्टले भने, ‘शिक्षा समितिले तोकेकोभन्दा बढी शुल्क लिएको पाइएमा त्यस्ता विद्यालयलाई रु ५० हजार जरीवानाको निर्णय गरेको छ ।’