एलजीको नयाँ वर्ष उपहार योजना


सेतोखरी सेतोखरी   मंगलबार, वैशाख ११, २०८१
एलजीको नयाँ वर्ष उपहार योजना

नेपालगन्ज १० वैशाख : नेपालको सबै भन्दा धेरै बिक्री हुने अन्तरर्रास्ट्रिय ब्राण्ड एलजीले नयाँ वर्ष २०८१ लाई लक्षित गर्दै ‘नयाँ वर्ष’को सुखद सुरुवात, नगद र उपहारको साथ’ नामक योजना अघिसारेको छ । यस योजना अन्तर्गत ग्राहकबर्गहरुले एलजीका घरायसी सामानहरु खरिद गर्दा नगद छुट र पक्का उपहारका साथै रु.१ लाखको दुर्घटना वीमा, तथा लक्की ड्रमा एलजी ओलेड टिभी हरेक महिना जित्न सकिनेछ ।

एलजीओलेड टिभी, एलजी क्युनेड टिभी, एलजी युएचडी टिभी, साउन्ड बार, होम अडियो, एलजी सिङ्गलडोर रेफ्रिजेरेटर र भ्याकुम क्लिनरको खरिदमा ग्राहकहरुले ४०% सम्मको क्याश ब्याक प्राप्त गर्न सक्नेछन् । साथै एलजी साइडबाइ साइड फ्रेन्च डोर रेफ्रिजेरेटरको खरिदमा माइक्रो वेभ ओभन, एलजी डबल डोर रेफ्रिजेरेटर (३०८ लिटर र माथि) को खरिदमा मिक्सर वा भेजिटेबल प्युरिफायर, एलजी डबल डोर रेफ्रिजेरेटर (२८५ लिटरसम्म) को खरिदमा भ्याकुम फ्लास्क वा प्रेसरकुकर, एलजी फ्रन्टलोड वाशिङमेसिन (१०केजी र माथि)को खरिदमा इन्डक्सन कुकर, एलजीफ्रन्ट लोड वाशिङमेसिन (९ केजीसम्म)को खरिदमा ६ केजी डिटरजेन्ट पाउडर, एलजी टपलोड तथा टुइनटब वाशिङमेसिनको खरिदमा ४ लिटर डिटरजेन्ट लिकुइद, एलजी डिसवासरको खरिदमा २ प्याकेट डिसवासर किट, एलजी माइक्रोवेभ ओभनको खरिदमा खाना पकाउने कीट र एलजी एयरप्युरिफायरको खरिदमा एयर हिउमिडिफायर प्राप्त गर्नसक्नेछन् । त्यस्तै एयर सलुसनतर्फको एलजी रुम एयरकन्डिसनर र फ्लोरस्ट्यान्डीङ तथा क्यासेट एयरकन्डिसनरको खरिदमा ग्राहकहरुले फ्री इन्स्टलेशन सेवा पाउनेछन्।

साथै ग्राहकहरुले हरेक महिना लक्की ड्र मार्फत २ वटा एलजी ओलेड टिभी जित्न सक्नेछन् । र, कुनै पनि एलजी टिभीको खरिदमा रु.१ लाखको दुर्घटना वीमा पनि प्राप्त गर्न सक्नेछन् । ग्राहकबर्गहरुले यो वीमा मार्फत संसारको कुनै पनि कुनामा भएको दुर्घटनाको क्षतिपुर्ती दाबी गर्न सक्नेछन् ।

ग्राहकहरुले लक्की ड्र र दुर्घटना वीमामा समाबेश हुन बिज्ञापनमा दिईएको छुट्टाछुट्टै क्युआरकोड स्क्यान गरेर मागिएको विवरण भरेर रजिस्टर गर्नुपर्नेछ । यसका साथसाथै शुन्य % ब्याजदरमा ईएमआइ, कुनै पनि ब्रान्डको पुरानो सामानसँग एलजीको सामानसँग साट्न सकिने एक्सचेन्ज अफर, एलजी लोयल्टी क्लब रिवार्ड, फ्री एलजी सर्टिफाईड इन्स्ट्लेसन र फ्री डेलिभरी पनि रहेकोछ।

Kids Festival 2022
kanti aarogya hospital

यो योजना चैत्र २१ गतेदेखी नेपाल अधिराज्यभरी सिमित अवधीको लागि लागू गरिएकोछ । नेपाल अधिराज्यभर एलजी ब्राण्डको आधिकारिक विक्रेता चौधरी ग्रुप अन्तर्गत सिजी इलेक्ट्रोनिक्स रहेकोछ।