गर्मी बढे सँगै सेन्साई ब्राण्डका एयर कुलरको मागह्वात्तै बढ्यो


सेतोखरी सेतोखरी   सोमबार, वैशाख १७, २०८१
गर्मी बढे सँगै सेन्साई ब्राण्डका एयर कुलरको मागह्वात्तै बढ्यो

नेपालगन्ज १७ वैशाख : सेन्साई ब्राण्डको अत्याधुनिक प्रविधि भएका एयर कुलरहरुको माग ह्वात्तै बढेको कम्पनीले जनाएको छ । 

टावर एयर कुलर, डिर्जट एयर कुलर, पर्सोनल एयर कुलर र विण्डो एयर कुलर गरि चार प्रकारका एयर कुलर जसमा १० वटाभन्दा बढी मोडलहरु रहेका छन्, तसर्थ ग्राहक वर्गलाई आफ्नो आवश्यकता अनुसारको कुलर छान्न सजिलो हुन्छ । 

तराईमा ह्वात्तै गर्मी बढेसँगै एयर कुलरको माग बढेको कम्पनीले जनाएको छ । साथै सेन्साई ब्राण्ड अन्तर्गत एयर कुलर लगायत चेष्ट फ्रिजर, सोकेश, रेफ्रिजेरटर, टिभी र वासिङ मेसिन पनि रहेको छ ।

ग्राहकवर्गहरुलाई सजिलो पहुँच होस् भनी मध्यनजर गर्दै कम्पनीले नेपाल भरी ७७ जिल्लामा आफ्ना आधिकारी डिलरहरु मार्फत विक्री वितरण गर्दै आएको छ । साथै विक्री पश्चातको सेवाहरुको लागि कम्पनीको ३५ भन्दा बढी शहरहरुमा आफ्नै सर्भिस सेन्टर पनि रहेको कम्पनीले जनाएको छ । 

Kids Festival 2022
kanti aarogya hospital

चौधरी ग्रुप अन्तर्गत इओएल प्रालीले सेन्साई ब्राण्डको उत्पादनहरु नेपाली बजारमा विक्रीवितरण गर्दै आइरहेको छ । विस्तृत जानकारकिो लागि नजिकैको डिलर वा १६६–००–१०२–२११मा सम्र्पक गर्न सकिनेछ ।