वडापालिका उदासीन गाँउले सक्रिय


नेपालगन्ज : वडापालिका चासो नदेखाउँदा अलपत्र परेको सम्शानघाट निर्माणका लागि स्थानीय गाउँलेले सक्रियता देखाएका छन् ।
बाँकेको खजुरा गाउँपालिका वडा नम्बर ४ भण्डरियास्थित किरण नालामा ब्यवस्थित शम्सानघाट निर्माणका लागि स्थानीय बासिन्दाले सक्रियता देखाएका हुन्।


खजुरा ४ को ईगाउँ, र्पावतीपुर, भण्डरिया, चल्तुवा तथा वैजनाथ गाउँपालिकाको पलौतीपुरका बासिन्दाको बृहत भेलाले शम्सानघाट निर्माणका लागि उज्जवल बिसीको अध्यक्षतामा ११ सदस्यीय तदर्थ समिति गठन गरेका छन् । तर, उक्त घाट निर्माणमा वडापालिकाले कुनै चासो देखाएको छैन् ।
भेलाले स्थानीय बासिन्दाको सहयोगमा चार लाखमा जग्गा खरिद गरी बागेश्वरी आर्यघाट निर्माण गर्ने निर्णय गरेको खड्क वलीले बताए ।
ईगाउँचोक भन्दा पुर्व भण्डारियामा किरण नाला किनारमा स्थानीयले बर्षोदेखि शम्सानघाटको रुपमा प्रयोग गर्दै आएपनि व्यस्थित नहुँदा समस्या हुने गरेको उनले बताए ।