काठमाडौँ । प्रहरीले बाँके, कैलाली र दाङजिल्लासहित विभिन्न जिल्लाबाट लागुऔषधसँगै ३१ जनालाई नियन्त्रणमा लिएको छ।
नियमित गस्ती, चेकजाँच तथा अपरेशन नै चलाएर प्रहरीले देशका विभिन्न ठाउँबाट ३१ जनालाई लागु औषधसहित पक्राउ गरेको हो।
नेपाल प्रहरीकाअनुसार काठमाडौँ, सुनसरी, ललितपुर, उदयपुर, दाङ, नवलपरासी पूर्व, झापा, मोरङ, भक्तपुर, बाँके, कास्की र कैलालीका विभिन्न स्थानबाट उनि पक्राउ परेका हुन्।
प्रहरीले दाङको तुलसीपुर उपमहानगरपालिका–५ रानीजरुवाबाट एकजना, बाँकेको डुडुवा गाउँपालिका–१ पिपरहवाबाट १० किलोग्राम गाँजासहित सोही स्थानका रामनरेश कुर्मी, कास्कीको पोखरा महानगरपालिका–९ महेन्द्रपुलबाट एक,कैलालीको टीकापुर नगरपालिका–१ बनगाउँबाट दुई जना पक्राउ गरेको जनाएको छ।
त्यस्तै काठमाडौँको तारकेश्वर नगरपालिका–८ बाट खैरो हेरोइन ३२ ग्राम ५ सय मिलिग्राम र नगद ३० हजार रुपैयाँसहित आठ र सुन्धाराबाट एक जना, सुनसरीको कोशी गाउँपालिका–१ भन्सार टोलबाट एक, एकललितपुर महानगरपालिका–२८ हरिसिद्धिस्थित तफाखल पार्कबाट एक, उदयपुरको बेलका नगरपालिका–१ आम्बासीबाट गाँजा पाँच किलोग्रामसहित एक जनालाई पक्राउ गरिएको हो।
यसैगरी,नवलपरासी पूर्वको देवचुली नगरपालिका–१६ टाँगिकोटबाट एक, झापाको दमक नगरपालिका–७ बाट चार, मोरङको कानेपोखरी गाउँपालिका–६ बरगाछी चोकबाट एक, भक्तपुरको मध्यपुर थिमि नगरपालिका–१ लोकन्थलीबाट ट्रामाडोल एक हजार ६ सय १० ट्याब्लेट, नाइट्राभेट २६ ट्याब्लेट र नगद ६७ हजार ४ सय रुपैयाँसहित एक जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
माछा मार्न गएकी पुस्पालाई गोहीले खायो, घर फर्किन लागेको मंगललाई चितुवाले लुछ्यो
बाँके, कैलाली र दाङलगायत देशभरि लागुऔसहित ३१ जना समातिए
भारतका चर्चित युट्यूबर ध्रुब राठी पक्राउ
लुम्बिनी र गण्डकीमा ‘सूचना महामार्ग’ बन्ने, २ अर्ब १ करोड रुपैयाँको सम्झौता
थारु समुदायमा दसैं: कात्तिक १ गते ‘ढिक्री पूजा’
सुर्खेतका जंगलमा भेटिए १८ नाल भरुवा बन्दुक