नेपालगन्ज। क्लिनिकमा आएकी एक महिला बिरामीलाई यौन दुर्ब्यवहार गरेको आरोप लागेका बाँके कोहलपुरका एक मेडिकल सञ्चालकलाई प्रहरीले थुनामा राखेको छ।
कोहलपुरस्थित थापा पोलिक्लिनिकका सञ्चालक गणेशबहादुर थापालाई बाँके जिल्ला अदालतले ७ दिनको म्याद थप गरेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो। उनिमाथि करणीसम्बन्धि कसुर लगाइएको छ।
उक्त पोलिक्लिनिकमा उपचारका लागि गएकी एक महिलालाई सञ्चालक थापाले गोप्य अंगहरूमा हात हालेको आरोप लगाइएको थियो। बिरामी महिलाले त्यस्तो आरोप लगाउँदै उनलाई क्लिनिकमै झापड हानेका भिडिओ क्लिपहरू सामाजिक सञ्जालमा सार्वजनिक भएका थिए।
पछि पीडितले करणी सम्बन्धी कसूरमा जाहेरी परेपछि अदालतबाट म्याद थप गरेर उनिमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक प्रतित सिंह राठौरले बताए। पीडितहरूसँग विवाद भइरहेका बेला नै प्रहरीले उनलाई नियन्त्रणमा लिइसकेको थियो।
भिडिओमा देखिएअनुसार ती बिरामी आफ्नो पेट दुख्ने, योनीबाट सेतोपानी निस्किने भन्दै जाँच गराउन पुगेकी हुन्छिन्।उनले गानो पनि गएको छ भनेपछि स्वास्थ्यकर्मीले उनको गानो नापजाँच गर्नेबेला संवेदनशील अंगमा नियतवस हात हालेको ती पीडितले जनाएकी छिन्। मेडिकल सञ्चालकले जबर्जस्ती सुरुवाल खोल्न लगाएर योनीसम्मै हात पुर्याएको पनि ती पीडितले भनेकी छिन्।
तर सञ्चालकले भने आफूले जानिजानी कुनै संवेदनशील अंगहरूमा हात नहालेको र गानो नाप्ने क्रममा आफूमाथि त्यस्तो आरोप लगाइएको दाबी गरेका छन्। विवाद हुँदै जाँदा त्यहाँ ती पीडितले मेडिकल सञ्चालकलाई गालामा थप्पड हानेको दृश्य भिडिओ क्लीपहरूमा देख्न सकिन्छ। केही बेरमा प्रहरी आएर उनलाई भ्यानमा हालेर लगेको थियो।
मेडिकल सञ्चालक थापा सिएमए उत्तीर्ण हुन्। प्रहरीले उनलाई उपचार गर्ने कुनै अनुमति नभएको पनि जनाएको छ। त्यसका आधारमा उनिमाथि नेपाल मेडिकल काउन्सिलको आचारसंहिता विपरीत कार्य गरेको प्रहरीले जनाएको छ।
कोहलपुरका मेडिकल सञ्चालकलाई ‘करणी’ मुद्दा, सात दिन थुनामा राख्न अदालतको अनुमति
काँग्रेस १५ औं महाधिवेशन: आजदेखि बन्दशत्र, निर्वाचनका कार्यक्रम सुरु
तिलोत्तमाको चक्रहवा जंगलमा प्रहरीले चलाएको ३८ घण्टाको त्यो अपरेशन
शेरबहादुर दाइका लागि कुर्सी खाली नै छ, गगन थापाले अरु के के भने?
बानेल सरकार, गगन र काँग्रेसलाई रविले दिएका सुझावहरू
गगनले देशको नेतृत्व गर्ने बेला आएको छ, रविलाई प्रचण्डको यस्तो सुझाव