नेपालगन्ज ३० वैशाख : लुम्बिनी प्रदेशसभाका तीन जना सांसद नवगठित जनता समाजवादी पार्टी (जसपा) मा खुलेका छन् । प्रदेशसभामा रहेका तीनमध्ये दुई सांसद अशोक राई नेतृत्वमा जसपामा खुलेका हुन् ।
प्रदेशसभा सदस्यहरू आदेश कुमार अग्रवाल र भण्डारीलाल अहिर यादवले लुम्बिनी प्रदेश निर्वाचन कार्यालयमा गई जसपाको पक्षमा सनाखत गरेका हुन् ।
यो पनि पढ्नुहोस् जसपाभित्र फुटले बाँकेका कार्यकर्ता अलमलमा
दुवै जना बाँके क्षेत्र नम्बर–२ को १ र २ बाट प्रदेशसभा सदस्यमा निर्वाचित सांसद हुन् । अहिर वर्तमान लुम्बिनी प्रदेश सरकारमा कृषि तथा भूमि व्यवस्था मन्त्रीको जिम्मेवारीमा छन् । सरकार गठन हुँदा भएको लिखित सहमति कार्यान्वयन नभएको भन्दै उनले मन्त्री पदबाट राजीनामा गरेका थिए । तर, उनको राजीनामा स्वीकृत भएको थिएन ।
जसपामा आएको विभाजनपछि अहिरले मन्त्री पदको जिम्मेवारी सम्हाल्दै जता बहुमत हुन्छ उतै जाने प्रतिक्रिया दिएका थिए ।
प्रदेशसभाका सबै सांसद नवगठित पार्टीमा सनाखत गर्ने पक्षमा रहेको जसपा नेता मणिकर कार्कीले बताए । ‘प्रदेशसभामा रहनु भएका हाम्रा दुईजना सांसदले हाम्रो पार्टीको पक्षमा सनाखत गर्नु भएको छ । काफ्लेजीले पनि हाम्रो पक्षमा रहेको बताउँदै आउनु भएको छ, तर आज उहाँको सनाखत भएको छैन’, कार्कीले भने ।
यो पनि पढ्नुहोस् राजीनामा दिएको १५ दिनपछि बाँकेका भण्डारीलालले लिए मन्त्रीको पदभार
लुम्बिनी प्रदेशमा ३ जना सांसद रहेकोमा अव उपेन्द्र यादव तिर समानुपातिक सांसद अम्बिका काफ्ले मात्रै रहेका छन् ।