नेपालगन्ज १ जेठ : महालेखा नियन्त्रकको कार्यालयको तथ्यांक अनुसार राजस्व संकलनमा समेत उत्साह देखिएको छैन । सोमबारसम्म ८ खर्ब ३१ अर्ब ९३ करोडमात्र राजस्व उठेको छ । जुन लक्ष्यको ५८.४८ प्रतिशत हो ।
राजस्वमा पनि कर राजस्वको संकलन ५७.२१ प्रतिशत मात्र देखिन्छ । यस वर्ष सरकारले १४ खर्ब २२ अर्ब बराबर राजस्व संकलन गर्ने लक्ष्य राखेको छ । यस वर्ष सरकारले अनुदानबाट २ अर्ब ७५ करोडमात्र प्राप्ति गर्न सकेको छ । यो लक्ष्यको ५.५२ प्रतिशत हो ।
अन्य प्रकारको आम्दानी २२ अर्ब ३३ करोड छ । यसअनुसार वैशाखसम्म सरकारको कुल आम्दानी ८ खर्ब ५७ अर्ब रुपैयाँ बराबर देखिन्छ । यस वर्ष सरकारको आम्दानीको तुलनामा खर्च झन्डै २ खर्ब बढी देखिएको छ । जसले गर्दा खर्च चलाउन सरकारले ऋणमा भर पर्नुपरेको देखिन्छ ।
महालेखा नियन्त्रकको कार्यालयका अनुसार सरकारको आम्दानी ८ खर्ब ५७ अर्ब हुँदा खर्च १० खर्ब ५६ अर्ब पुगेको छ । तथ्यांक अनुसार आम्दानीभन्दा खर्च १ खर्ब ९९ अर्बले धेरै देखिन्छ ।
धेरैपछि बोले जीवी राई: मलाई थुनेर पैसा फिर्ता हुँदैन, नेपाल फर्किन चाहन्छु, रवीबारे के भने?
यस्तो बन्यो ‘बदलिएको काँग्रेस’ हाँक्ने टिम गगन
रास्वपाकाे निर्देशन: दसैं-तिहारमा ‘उपहार’ नलिनू, नदिनू
प्रधानमन्त्रीको दसैं शुभकामना: आफूभित्रको महिषासुर र रावणलाई चिन्न सकौँ
दसैं बजार: यसपालि गुल्जार भयो नेपालगन्ज, नेपाली उपभोक्ता नभएपछि पारितिर सुनसान
नेपाली क्रिकेटलाई अन्तर्राष्ट्रिय मान्यता, एनपिएल अब आईसिसीमा अभिलेख हुने