नेपालगन्ज ४ जेठ : नेपाली कथानाक चलचित्र बोक्सीको घरले यतिबेला नेपालगन्जमा धुम मच्चाइरहेकोछ । चलचित्र प्रर्दशनमा आएको चार हप्तामै बोक्सीको घरले आक्रामक प्रर्दशन गरेको छ नै लोभलाग्दो दर्शकको साथ र सर्मथन पाइरहेकोछ ।
गत वैशाख १४ गतेबाट प्रदर्शनमा आएको ‘बोक्सीको घर’ यतिबेला देशभरका हलमा सफलताका साथ प्रदर्शन भइरहेको छ । चलचित्रले आज शुक्रबारबाट चैथो हप्तामा प्रवेश गरेको छ । चलचित्रले प्रदर्शनको चौथो हप्तासम्म आउँदा देशभरिका हलहरुमा चाखलाग्दो व्यापार गरेको छ ।
चलचित्रले नेपालगन्जमा पनि उदाहरणीय व्यापार गरेको छ । चलचित्रले हिजो विहीबारसम्म नेपालगन्जमा मात्र ३८ लाख नजिकको ब्यापार गरेको छ । चलचित्रले चौथो हप्तामा पनि राम्रो ब्यापर गर्ने अनुमान गरिएकोछ । केकी अधिकारी फिल्मस्को प्रस्तुतीमा निर्माण भएको चलचित्रमा केकी अधिकारी, सुपला सापकोटा रमा थपलिया, सुष्मा निरौला, सबिन बास्तोला लगायत कलाकारको अभिनय रहेको छ ।
बद्री अधिकारी निर्माता रहेको चलचित्रमा राज घिमिरे कार्यकारी निर्माताका रुपमा रहेका छन् । लोचन रिजालको ब्याकग्राउण्ड म्युजिक रहेको चलचित्रमा शिवराम श्रेष्ठको छायांकन र लोकेश बज्राचार्यको सम्पादन छ । टिफल्क फिल्मसले चलचित्रलाई वितरण गरेको छ।
चलचित्रको गीत र चलचित्रको कथानै चलचित्रको बलियो पाटो हो । चलचित्रमा समाजमा महिलालाई कसरी बोक्सीको आरोप लगाईन्छ र कसरी समाजमै रहेका ब्यक्तिहरुबाट यातना दिइन्छ भन्ने कथालाई प्रस्तुत गरिएको छ । सामाजिक कथा भएकै काराणले पनि चलचित्रको कथाबस्तु र प्रस्तुतिकरणलाई दर्शकले मन पराएका छन् । चलचित्रको कथाले महिला दर्शकलाई हलसम्म मज्जालै तानिरहेको छ ।
चार दिन भारी वर्षा हुने, पश्चिम नेपाललाई ‘जोखिम’
घरमै छापा मारेर नेपालगन्जबाट लागुऔषधसहित दुईजना पक्राउ
नेपाली जनसम्पर्क समिति अस्ट्रेलियाको पाँचौँ अधिवेशन
बाढी प्रभावित बालबालिका पढाउन अर्बपति शेष घलेको ५७ करोड ८५ लाख सहयोग
संविधानका बाचा पूरा गर्न सरकार प्रतिवद्ध छ: प्रधानमन्त्री
महाधिवेशनमा होमियो काँग्रेस, आजदेखि वडाहरूमा नयाँ नेतृत्व चुनिदैं