‘बोक्सीको घर’ले नेपालगन्जमा ३७ लाख बढीको ब्यापार


सेतोखरी सेतोखरी   शुक्रबार, जेठ ४, २०८१
‘बोक्सीको घर’ले नेपालगन्जमा ३७ लाख बढीको ब्यापार

नेपालगन्ज ४ जेठ : नेपाली कथानाक चलचित्र बोक्सीको घरले यतिबेला नेपालगन्जमा धुम मच्चाइरहेकोछ । चलचित्र प्रर्दशनमा आएको चार हप्तामै बोक्सीको घरले आक्रामक प्रर्दशन गरेको छ नै लोभलाग्दो दर्शकको साथ र सर्मथन पाइरहेकोछ । 

गत वैशाख १४ गतेबाट प्रदर्शनमा आएको ‘बोक्सीको घर’ यतिबेला देशभरका हलमा सफलताका साथ प्रदर्शन भइरहेको छ । चलचित्रले आज शुक्रबारबाट चैथो हप्तामा प्रवेश गरेको छ । चलचित्रले प्रदर्शनको चौथो हप्तासम्म आउँदा देशभरिका हलहरुमा चाखलाग्दो व्यापार गरेको छ । 

चलचित्रले नेपालगन्जमा पनि उदाहरणीय व्यापार गरेको छ । चलचित्रले हिजो विहीबारसम्म नेपालगन्जमा मात्र ३८ लाख नजिकको ब्यापार गरेको छ । चलचित्रले चौथो हप्तामा पनि राम्रो ब्यापर गर्ने अनुमान गरिएकोछ । केकी अधिकारी फिल्मस्को प्रस्तुतीमा निर्माण भएको चलचित्रमा केकी अधिकारी, सुपला सापकोटा रमा थपलिया, सुष्मा निरौला, सबिन बास्तोला लगायत कलाकारको अभिनय रहेको छ ।

बद्री अधिकारी निर्माता रहेको चलचित्रमा राज घिमिरे कार्यकारी निर्माताका रुपमा रहेका छन् । लोचन रिजालको ब्याकग्राउण्ड म्युजिक रहेको चलचित्रमा शिवराम श्रेष्ठको छायांकन र लोकेश बज्राचार्यको सम्पादन छ । टिफल्क फिल्मसले चलचित्रलाई वितरण गरेको छ।

Care City
kanti aarogya hospital
Health Care Clinic Nepalgunj

चलचित्रको गीत र चलचित्रको कथानै चलचित्रको बलियो पाटो हो । चलचित्रमा समाजमा महिलालाई कसरी बोक्सीको आरोप लगाईन्छ र कसरी समाजमै रहेका ब्यक्तिहरुबाट यातना दिइन्छ भन्ने कथालाई प्रस्तुत गरिएको छ । सामाजिक कथा भएकै काराणले पनि चलचित्रको कथाबस्तु र प्रस्तुतिकरणलाई दर्शकले मन पराएका छन् । चलचित्रको कथाले महिला दर्शकलाई हलसम्म मज्जालै तानिरहेको छ ।