नेपालगन्ज ८ जेठ : बाँके राष्ट्रिय निकुञ्जमा वन्यजन्तुका लागि खानेपानीको व्यवस्था गर्न ८३ वटा कृत्रिम पोखरी निर्माण गरिएकोछ । बाँकेमा अत्यधिक गर्मी हुने र सोही कारणले वनमा रहेका पानीका स्रोत सुकेर जाँदा वन्यजन्तुलाई खानेपानीको निकै समस्या हुने गरेकोमा सो समस्या समाधान गर्न निकुञ्जभित्र ८३ वटा कृत्रिम पानीपोखरी निर्माण गरिएको बाँके राष्ट्रिय निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत मनोजकुमार साह बताउँछन् ।
उनले चालु आर्थिक वर्षभन्दा पहिले निकुञ्जभित्र ८० वटा पोखरी निर्माण भएको जनाउँदै चालु आर्थिक वर्षमा तीन वटा बोरिङसहितको पोखरी निर्माण गरिएको र तीन ठाउँमा बोरिङ मात्रै गरेर खाल्डोमा पानीको व्यवस्था गरिएको बताए ।
वन्यजन्तुको चहलपहल हुने क्षेत्रमा गर्मीको बेला पानीको खोजीमा वन्यजन्तू भौँतारिने गरेकाले कृत्रिम पोखरी निर्माण गरिएको जनाइएको छ । निकुञ्जमा रहेका जलाशयमा अत्यधिक गर्मीका बेला पानीको सतह घटेपछि कृत्रिम पोखरी निर्माण गरी बोरिङ गाडेर पानीको व्यवस्थापन गरिँदै आएको वरिष्ठ संरक्षण अधिकृत साहले बताए ।
साहका अनुसार निकुञ्ज क्षेत्रमा पानीको स्थायी स्रोत नहुँदा गर्मीयाममा पानीको अभाव हुने र पाटेबाघलगायत निकुञ्जमा पाइने चित्तल, जरायो, नीलगाई, लगुना, चितुवा, बाँदर र हात्तीसहितका वन्यजन्तु पानीको खोजीमा राप्ती नदीसम्म पुग्ने गरेका छन् ।
त्यसरी पानीको खोजीमा हिँडेका वन्यजन्तु मध्यवर्ती क्षेत्रका बस्ती र महेन्द्र (पूर्वपश्चिम) राजमार्गसम्म पुग्दा दुर्घटनालगायत मानव वन्यजन्तु द्वन्द्वसमेत हुने गरेकाले खानेपानीका लागि वन्यजन्तुलाई टाढा जानु नपरोस् भनेर कृत्रिम पोखरी बनाउने काम हुँदै आएको निकुञ्जले जनाएको छ ।
बाघ संरक्षणका लागि स्थापना गरिएको देशकै कान्छो निकुञ्जभित्र विभिन्न ठाउँमा कृत्रिम पोखरी निर्माण गरेर सौर्य ऊर्जामार्फत मोटर सञ्चालन गरेर वन्यजन्तुका लागि खानेपानीको व्यवस्था मिलाइएको छ ।
‘जुवाखाल’ मेटाउन सुर्खेत प्रहरीको रणनीतिक अपरेशन, एकैरात पक्राउ परेका यी हुन ५५ जुवाडेहरू
सोमबार, कात्तिक २३, २०८३
रुकुम पश्चिममा जीप दुर्घटना दुई जनाको मृत्यु, १३ घाइतेमध्ये पाँचजना गम्भिर
सोमबार, कात्तिक २३, २०८३
दैलेखमा झिसमिसेमै खस्यो बिरामी बोकेको जीप, एकजनाको मृत्यु
सोमबार, कात्तिक २३, २०८३
‘जुवाखाल’ मेटाउन सुर्खेत प्रहरीको रणनीतिक अपरेशन, एकैरात पक्राउ परेका यी हुन ५५ जुवाडेहरू
रुकुम पश्चिममा जीप दुर्घटना दुई जनाको मृत्यु, १३ घाइतेमध्ये पाँचजना गम्भिर
दैलेखमा झिसमिसेमै खस्यो बिरामी बोकेको जीप, एकजनाको मृत्यु
भारतको बजारमा आगो दन्कियो, धनगढी उपमहानगरका दकमल पुगेर निभाए
आप्रवासन रोक्न माग गर्दै अष्ट्रेलियामा प्रदर्शन सुरु
डोल्पा जेल ब्रेक : भागेर जंगलमा बसेका दुई कैदीहरू, अब दुई जना बाँकी